म्याग्दीका ४३ वडामा एमालेका उमेद्वार छनौट

Add Samajik bikash office

बेनी, । नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीका ४३ वटा वडाका अध्यक्षका उमेद्वार छनौट गरेको छ ।

छ वटा स्थानीय तहका ४५ मध्य धवलागिरि गाउँपालिका–१ गूर्जा र ७ ताकमबाहेक अन्य सबै वडा अध्यक्षका लागि उम्मेदवार चयन गरेको हो ।

बेनी नगरपालिकाको रत्नेचौरमा टेकबहादुर थापा, ज्यामरुककोटमा डम्बरबहादुर सापकोटा, भकिम्लीमा गेमबहादुर घर्तीमगर, सिङ्गामा देवेन्द्रबहादुर बानियाँ, पुलाचौरमा गोविन्द बानियाँ, अर्थुङ्गेमा कृष्णसिङ बानियाँ, बेनपा–७, बेनीमा राजेन्द्रकुमार श्रेष्ठ र बेनपा–८, बेनीमा उत्तमकुमार कर्माचार्य, घतानमा मनबहादुर खड्का र पात्लेखेतमा मसबिर रोकालाई वडाध्यक्षको उम्मेदवार टुङ्ग्याएको छ ।

Shreekrishna hardwear in news

अन्नपूर्ण गाउँपालिकाको दोवामा दिलिपकुमार पूर्जा, भूरुङ–तातोपानीमा श्याम राना, दानामा रमेश पुन, नारच्याङमा तेजबहादुर गुरुङ, शिखमा बिसन राना, घारमा भक्तबहादुर खड्का, हिस्तानमा मैलन पूर्जा पुन र राम्चेमा खमबहादुर गर्बुजा वडाध्यक्ष पदको उम्मेदवारमा सर्वसम्मत चयन भएको एमाले म्याग्दीका सचिव सुुरत केसीले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

रघुगंगा गाउँपालिकाको बेगखोलामा यामबहादुुर गर्बुजा, राखुभगवतीमा अमृत भण्डारी, राखुपिप्लेमा खिमबहादुर शाही, दग्नाममा ईन्द्रबहादुर थजाली, झीँमा तेजु शेरपुञ्जा, पाखापानीमा समशेर पाईजा, चिमखोलामा रिम पुन र कुईनेमङ्गलेमा तेजिन फगामीलाई उम्मेदवार चयन गरेको छ ।

मंगला गाउँपालिकाको कुहुँमा एकजित रोका, बाबियाचौरमा पुनः धनबहादुर खाती, मंगला–३, बराङ्जामा पनि पुनः कविन्द्र रोका, मंगला–४, बराङ्जामा लक्ष्मी बुढाथोकी र अर्मनमा भूपेन्द्रबहादुर केसीलाई पनि पुनः वडाध्यक्षको उम्मेदवार बनाइएको छ । एमालेले वडाध्यक्ष पदका लागि उम्मेदवार चयन गरेकामध्ये मंगला–४, बराङ्जाको वडाध्यक्षमा उम्मेदवार बनेकी बुढाथोकी भने एमालेबाट जिल्लामै एक्ली महिला उम्मेदवार हुनुहुन्छ ।

मालिका गाउँपालिकाको निस्कोटको वडाध्यक्षमा बुद्धिबहादुर पुन, मालिका–२, रुममा उदयकुमार बुढाथोकी, मालिका–३, रुम डाँडागाउँमा मनबहादुर बुढा, ओखरबोटमा गोपाल कँडेल, देवीस्थानमा कुलबहादुर घर्ती, दरबाङमा पथबहादुर रोका र विममा टकबहादुर पुन वडाध्यक्ष पदको सर्वसम्मत उम्मेदवार बन्नुभएको छ ।

धवलागिरि गाउँपालिकाको लुलाङमा अकबहादुर विक, मुनामा मदन मल्ल, मुदीमा यामबहादुर घर्ती, मल्कबाङ तिलकबहादुर छन्त्याल र मराङमा पुनः राजाराम उपाध्यायलाई नै वडाध्यक्षको उम्मेदवार चयन गरिएको छ । जिल्ला सचिव केसीका अनुसार धवलागिरि गाउँपालिकाको गूर्जा र ताकमको वडाध्यक्षका उम्मेदवारको पनि केही दिनभित्रै टुङ्गो लाग्नेछ ।

एमालेले हालसम्म चारवटा गाउँपालिकाको अध्यक्ष र दुईवटा गाउँपालिकाको उपाध्यक्षका उमेद्वार पनि टुङ्ग्याएको छ । अन्नपूर्णमा भरत पुन र दिवाकुमारी तिलिजा पुन, रघुगंगामा प्रेमबहादुर कार्की र यामकुमारी गर्बुजा तथा मंगलाको अध्यक्षमा पुनः सतप्रसाद रोका र मालिकामा बेगप्रसाद गर्बुजा अध्यक्षमा उठ्ने हुनुभएको छ । यस्तै बेनी नगरपालिकाको प्रमुख र उपप्रमुख, धवलागिरिको अध्यक्ष र उपाध्यक्ष, मालिका र मंगलाको उपाध्यक्षको उम्मेदवार टुङ्ग्याउन बाँकी रहेको एमालेले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...