एसइईमा संस्कृततर्फबाट पहिलो पटक ९ विद्यार्थी सहभागि हुँदै

Add Samajik bikash office

बेनी। वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीमा पहिलो पटक संस्कृतितर्फ बाट समेत विद्यार्थीहरु सहभागी हुने भएका छन् ।

बेनी नगरपालिका–९ गलेश्वर स्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले एसइईमा सहभागीता जनाउन लागेका हुन् । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले यस विद्यालयमा संस्कृत बिषयमा समेत अध्यापन हुँदै बताउनुभयो ।

त्यसैगरि उज्यालो बैकल्पिक विद्यालयबाट ५ जना आमाहरुले समेत परीक्षामा सहभागीता जनाउने छन् । परीक्षामा जिल्लाका विभिन्न ५ वटा प्राविधिक धारतर्फका १३१ जना विद्यार्थीहरुले सहभागी जनाउने छन् ।

Shreekrishna hardwear in news

जिल्लामा कुल २ हजार २ सय ४५ परिक्षार्थी मध्ये छात्र १ हजार ९५ र छात्रा १ हजार १५० जना रहेका छन् । परीक्षामा एक खुला विद्यालय सहित ७४ वटा विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाउने कार्यालयले जनाएको छ । परीक्षामा ग्रेड बृद्धिका लागि ८ जनाले सहभागी हुन लागेका छन् ।

Bhautik ministry notice about road
इसईई परिक्षाका लागि मंगला माविका प्रअ सेरबहादुर केसीलाई केन्द्राध्यक्षको नियुक्तिपत्र दिदै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापा ।

जिल्लामा एसइई परिक्षा सञ्चालनको लागि ९ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष नियुक्त गरि उनीहरुलाई अभिमूखिकरण समेत गरि सम्बन्धीत परीक्षा केन्द्रको परीक्षा सञ्चालनको तयारीमा खटाइएको छ ।

यस बर्ष राष्ट्रिय परिक्षा बोर्डको परिपत्र बमोजिम सम्बन्धित परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको छ । परीक्षा सञ्चालनका लागि बेनीको प्रकाश मावि, बेनी सामुदायिक मावि, न्यू वेष्ट प्वाइन्ट आवासीय मावि, धवलागिरि मावि सिंगा, मंगला मावि बावियाचौर, जनप्रिय मावि दरबाङ, हेम मावि सिवाङ, मुक्तिधाम मावि भगवती र मुक्तिमार्ग मावि घारलाई परीक्षा केन्द्र तोकिएको छ ।

सदरमुकाम बाहिर रहेका परीक्षा केन्द्र नजिक रहेका प्रहरी चौकीमा प्रश्नपत्र र उत्तरपुस्तीका पठाउन सुरु गरिएको छ । परीक्षालाई मर्यादित र शान्त बनाउनका लागि जिल्ला परिक्षा समिति संगै स्थानीय तहहरुलाई समेत सम्बन्धीत पालिकामा रहेका परीक्षा केन्द्रको अनुगमन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...