एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका उपसचिव माओवादी प्रवेश

Shreekrishna hardware

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका कमिटीका उप–सचिब नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित मालिका–३ डाँडागाउँका हेमबहादुर पुन र एमाले मालिका गाउँपालिका कमिटीका उप–सचिब भुपेन्द्र नेपाली मंगलबार माओवादीमा प्रवेश गर्नुभएको हो ।

दरबाङमा आयोजित कार्यक्रममा केहि महिनायता नै पार्टीको राजनीतिमा सक्रिय हुनुभएका वडा अध्यक्ष पुनलाई औपचारिक रुपमा माओवादीमा स्वागत गरिएको थियो । नेपाली वडा २ रुम खबाङका युवा नेता हुनुहुन्छ ।

Shreekrishna
Ban devision notice

पुन र नेपालीलाई माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक तथा आसन्न स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार घोषणा गर्नुभएका रेशम जुग्जाली (सुविन), प्रदेश कमिटी सदस्य गौरी सेन्चुरी, माओवादीका पालिका कमिटी अध्यक्ष दोरन शेरचन र सचिब धनकुमार पाईजा लगायतले स्वागत गर्नुभएको थियो ।

मालिका गाउँपालिकाको विकास र परिवर्तनका लागि माओवादी र युवा नेता जुग्जालीको नेतृत्व आबश्यक देखेपछि पार्टीमा आबद्ध भएको वडा अध्यक्ष पुनले बताउनुभयो । वडा नम्बर २ का प्रभाबशाली युवा नेताको रुपमा परिचित नेपालीले दलित समुदायले पनि राजनीतिमा अगुवाई गर्नुपर्छ भनेर आफु राजनीतिमा लागेको बताउँदै दलित समुदायको हक, हित र अधिकारको लागि संघर्ष गरेको माओवादी पार्टीमा आबद्ध हुँदा आफुलाई गौरवको महसुस भएको बताउनुभयो ।

उहाँले माओवादीका नेता जुग्जालीको पारदर्शी व्यवहार, विकासप्रेमी दृष्टिकोण र स्पष्ट व्यक्तित्वबाट प्रभावित भएर आफु माओवादीमा आबद्ध भएको बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...