मंगलाको अध्यक्षमा काँग्रेसले बिरेन्द्र बुढाथोकीलाई उमेद्वार बनाउने

Gandaki Pardesh notice

बेनी। नेपाली काँग्रेसले यही बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उमेद्वार बनाउने भएको छ ।

गाउँपालिका समितिले अध्यक्षको उमेद्वारमा जिल्ला सहसचिव श्रीराम पौडेल, बुढाथोकी र पुस्कर पुनको नाम सिफारिस गरेको थियो । बेनीमा मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले बुढाथोकीलाई उमेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको काँग्रेस म्याग्दीका सचिव हिरा पुनले जानकारी दिनुभयो ।

“पालिकाबाट नाम सिफारिस भएका तीनै जना आकाँक्षी, वडा सभापति र वडा अध्यक्षका उमेद्वारहरुलाई सँगै राखेर छलफल गर्दा बुढाथोकीलाई पालिका अध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत निर्णय भयो,” उहाँले भन्नुभयो “उपाध्यक्ष र २ नम्बर वडाका अध्यक्षका उमेद्वार बाँकी राखिएको छ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गाउँपालिका अध्यक्षका उमेद्वार बुढाथोकीको राजनीतिक पृष्ठभूमि कम्प्युनिष्ट पार्टी हो । वि.स. २०४७ मा एमाले निकट अनेरास्ववीयुको जिल्ला सचिव, २०५३ देखि एमालेको राजनीतिमा लागेका आइएससी अध्ययन गरेका रोका २०७६ मा माओवादीबाट काँग्रेस प्रवेश गर्नुभएको थियो ।

उहाँ २०५६ मा नेपाल मगर संघको जिल्ला सचिव बन्नुभएको थियो । नेपाली काँग्रेसको मंगला गाउँपालिका कार्यसमितिका सचिव बुढाथोकी काँग्रेस सम्बद्ध नेपाल राष्ट्रिय मगर संघको गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।

काँग्रेसले १ नम्बर वडामा रविन पुन, ३ मा टेकबहादुर छन्त्याल, ४ मा लालबहादुर रोका र ५ मा बलबहादुर खड्कालाई वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय भएको जिल्ला सचिव पुनले बताउनुभयो ।

एमालेले मंगलाको अध्यक्षमा अहिलेका गाउँपालिका अध्यक्ष सतप्रसाद रोकालाई दोहो¥याएर उमेद्वार बनाउने भएको छ । माओवादीले पनि मंगलाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष र सदस्यहरुका उमेद्वार घोषणाको तयारीमा रहेको जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...