बेनी–जोमसोम सडकको काभ्रेभिर घाँसा खण्ड बैशाख ७ गतेदेखि दैनिक चार घण्टा बन्द हुने

Gandaki Pardesh notice

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ ।

म्याग्दी र मुस्ताङको सिमा क्षेत्रमा पर्ने काभ्रेभिर–घाँसा खण्डमा बिस्फोटक पदार्थको प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्न २०७९ बैशाख ७ देखि २० गतेसम्म दैनिक चार घण्टा सवारी साधन आवत जावत बन्द गर्न लागिएको हो ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले घाँसा–काभ्रेभिर खण्डमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी साधन आवत जावत बन्द गरेर सडक विस्तारको काम गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

यसअघि गत माघ १० गतेदेखि बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको ‘टाइमकार्ड’ चैतै दशैमा मुस्ताङ जाने आउने तिर्थयात्री र पर्यटकको चाप बढेपछि चैत १५ गतेदेखि हटाइएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक निर्माणको कामलाई तिब्रता दिन र सुरक्षालाई ध्यानमा राखेर सवारी साधन र काम गर्ने समयतालिका बनाइएको बताउनुभयो ।

Bhautik ministry notice about road

बि.स. २०७४ मा शुरु भएको चिनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दुरिको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङको छ वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत छ ।

११० किलोमिटर दुरीको जोमसोम–कोरला खण्डको सात मध्य छ वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका छन् । ७६ किलोमिटर दुरीको बेनी–जोमसोमको चार वटा मध्य एक वटा प्याकेजको कालोपत्रे सकिन लागेको र अर्को प्याकेज कालोपत्रको तयारीमा छ ।

आठ वटा मोटर चल्ने पुल निर्माण सकिएका छन् । थप एक वटा निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधिन रहेका छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताब गरिएको आयोजनाले जनाएको छ ।

आयोजना अन्तरगत बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि बैशाख ३ गतेदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । २०७९ बैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवत जावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...