रघुगंगाको अध्यक्षको उमेद्वारमा माओवादीका चार जनाको दावी

Gandaki Pardesh notice

बेनी। म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षको उमेद्वार बन्न नेकपा माओवादी केन्द्रका चार जनाले दावी गरेका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारका लागि दावी गरेका चारै जनाको नाम सिफारिस गरिएको हो ।

पार्टीको गाउँपालिका कमिटीको बैठकमा गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्न बिश्व सेन मल्ल, रिम कटुवाल, हरि भण्डारी र सुविन शेरपुञ्जाले आकांक्षा राख्नुभएको थियो । माओवादी केन्द्रको म्याग्दी–काठमाण्डौ सम्पर्क कमिटीको सल्लाहकार समेत रहनुभएकी महिला नेतृ मल्ल माओवादी शसस्त्र जनयुद्धमा पुर्णकालिन रुपमा होमिनुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

रघुगंगा गाउँपालिका कमिटीको इन्चार्ज समेत रहनुभएका कटुवाल माओवादी केन्द्रबाटै २०७४ को स्थानीय तह निर्वाचनमा रघुगंगा –२ भगवतीको वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

अघिल्लो स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवार बन्नुभएका भण्डारी गाउँपालिका कमिटीको अध्यक्ष र मेकानिकल इन्जीनियर समेत रहनुभएका शेरपुञ्जा जिल्ला समन्वय समितिको सदस्य हुनुहुन्छ ।

शेरपुञ्जाले दग्नाम–दरमिजा बिचमा रहेको अजिंगर भिरको सडक निर्माणमा कार्यक्षेत्रमा खटिएर नेतृत्व समेत गर्नुभएको थियो । चारै जना आकांक्षीहरुले कार्यकर्ता र शुभेच्छुकहरुको भावना अनुसार सहमतीमै उम्मेदवारको टुंगो लगाउने प्रतिबद्धता जनाउनुभएको छ ।

गाउँपालिका अध्यक्षका प्रत्यासीहरुले माओवादीकै अगुवाईमा व्यवस्था परिवर्तन भएको र माओवादीकै एजेण्डामा स्थापित संघीय व्यवस्था मार्फत जनतालाई विकास र शुसासनको अनुभुति दिलाउने प्रतिबद्धता सहित जनताको घरदैलोमा चुनाबी अभियान लिएर जाने बताएका छन् । माओवादी केन्द्रले रघुगंगाका पाँच वटा वडाका वडा अध्यक्षका उम्मेदवारहरुको समेत टुंगो लगाइसकेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...