म्याग्दी क्याम्पसमा लोकसेवा र शिक्षक सेवाको अतिरिक्त कक्षा

Gandaki Pardesh notice

बेनी,। बेनीको म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई लोकसेवा र शिक्षक सेवाको अतिरिक्त कक्षा सञ्चालन गरिएको छ ।

बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई नियमित पठनपाठनका अतिरिक्त शिक्षक र लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरिएको हो ।
क्याम्पस प्रमुख गोरखबहादुर जिसीले विद्यार्थीहरुलाई निजामति र शिक्षण पेशाप्रति आकर्षित गराउन तयारी कक्षा सञ्चालन गरिएको बताउनुभयो । सुब्बा सरहको लोकसेवा तयारी कक्षामा ६० र शिक्षक लाइसेन्सको तयारी कक्षामा ३० जना विद्यार्थी सहभागी छन् ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

विद्यार्थीहरुलाई निशूल्क अतिरिक्त कक्षा सञ्चालन गरिएको क्याम्पस प्रमुख जिसीले बताउनुभयो । अतिरिक्त कक्षा सञ्चालनका लागि रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. २ लाख र बेनी नगरपालिकाले रु. १ लाख बजेट बिनियोजन गरेका थिए । बेनी नगर कार्यपालिकाका प्रवत्ता समेत रहेका ८ नम्बर वडाका अध्यक्ष रामकृष्ण बराइलीले लोकसेवा कक्षा सञ्चालनका लागि हरेक वर्ष बजेट बिनियोजन गरिएको बताउनुभयो ।

३९ दिनको पाठ्यक्रम बनाएर जिल्लाका कार्यालयमा कार्यरत निजामती कर्मचारी र शिक्षकहरुबाट सहजिकरण गरिएको छ । शैक्षिक गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएएको) प्रमाणपत्र पाएको म्याग्दी क्याम्पसले निजामती र शिक्षण पेशामा आवश्यक जनशक्ति तयार पार्न अतिरिक्त कक्षा सञ्चालन गरेको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...