पुर्व कर्मचारीद्धारा बालबालिकालाई कपडा सहयोग

Gandaki Pardesh notice

बेनी,। म्याग्दीको बेनीमा रहेको बालगृहका बालबालिकाहरुलाई पुर्व कर्मचारी पुर्ण थापाले आइतबार कपडा सहयोग गर्नुभएको छ ।

Bhautik ministry notice about road

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानी घर भई हाल अस्ट्रेलीयामा रहनुभएका थापाले जन्मदिनको अवसर पारेर १३ जना बालबालिकाहरुलाई एक÷एक सेट विद्यालय पोशाक र ज्याकेज उपलब्ध गराउनुभएको हो ।

बालगृहमा कार्यरत थापाकी फुपु साबित्राले नेपाल बाल संगठन म्याग्दीका सभापति राजेश शाक्यलाई कपडा हस्तान्तरण गर्नुभएको थियो । रु. २० हजार मूल्य बराबरको कपडा सहयोग गर्नुभएको हो । जन्मदिन मनाउदा हुने फजुल खर्च बचाएर आफुले काम गरेको संस्थामा रहेका बालबालिकालाई सहयोग गर्नुभएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...