म्याग्दीमा कुन दलको अवस्था कस्तो ?

Gandaki Pardesh notice

पाँच वर्षअघिको चुनावी परिणामको बिष्लेषण

सन्तोष गौतम

बेनी, जनमत सधै एकै किसिमको नहुने तर्कका बीच धेरै जसो चुनावी विष्लेषण पछिल्लो पटक भएको चुनावको नतिजामा आधारित हुने गर्छ । एमाले र काँग्रेसको तिब्र प्रतिस्पर्धा तथा थोरै मतले हारजित भएको म्याग्दीमा विगतमा तेस्रो शक्ति रहेको माओवादीको भूमिका निर्णायक हुने देखिन्छ । राप्रपा र एमालेबाट फुटेर बनेको नेकपा एकिकृत समाजवादीको भूमिका पनि जित हारका लागि सहयोगी बन्ने सम्भावना नकार्न सकिदैन् ।

Shreekrishna hardwear in news

स्वतन्त्र र थपिएका मतदाता, उमेद्वारको लोकप्रियता र पार्टीको संगठन चुनावी नजिताका आधार हुन् । विगतको नजितालाई हेर्दा रघुगंगा र मंगला गाउँपालिकामा हार्ने, जित्ने उमेद्वारको मतान्तर एक हजार भन्दा बढी थियो । बेनी नगरपालिका र मालिका गाउँपालिकामा एक सय भन्दा कम मनान्तरले हारजित भएको थियो । अन्नपूर्णको अध्यक्षमा दुई सय र उपाध्यक्षमा एक सय भन्दा कम मतान्तर थियो । धवलागिरीको अध्यक्षमा ३२२ र उपाध्यक्षमा ४५९ को मतान्तर थियो ।

मतदाताको अवस्था

जिल्ला निर्वाचन कार्यालयको अभिलेख अनुसार एक नगरपालिका सहित छ वटा स्थानीय तह रहेको म्याग्दीमा स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् । ७४ मतदान स्थल र ११४ मतदान केन्द्र छन् । वि.स. २०७४ को चुनावमा ७१ हजार ४६३ जना मतदाता थिए । १३ हजार ९१२ जना मतदाता बढेका छन् ।

गत स्थानीय चुनावमा धवलागिरीमा सबैभन्दा कम ६३ र बेनीमा सबैभन्दा बढी ७२ प्रतिशत मत खसेको थियो । अन्नपूर्णमा ६७, मंगलामा ६६, रघुगंगामा ६९ प्रतिशत मत खसेको थियो । खसेको मध्य रघुगंगामा ९०, मालिकामा ९७, मंगलामा ९८, बेनीमा ८९, धवलागिरीमा ८० र अन्नपूर्णमा ९७ प्रतिशत मात्र मत सदर भएको थियो । अन्नपूर्णमा २८०, धवलागिरीमा ११६१, बेनीमा १५३९, मंगलामा १८०, मालिकामा २११ र रघुगंगामा ७६० मत पूर्ण रुपमा बदर भएको थियो ।

कसको कति सिट ?

म्याग्दी जिल्लाभर कार्यपालिका सदस्य सहित २५० पदमा निर्वाचन हुदैछ् । काँग्रेसले ४ पालिका प्रमुख, २ उपप्रमुख, १५ वटा वडा अध्यक्ष, १७ महिला, १७ दलित महिला वडा सदस्य, ३२ अन्य वडा सदस्य, दलित वा अल्पसंख्यक ४ गरि ९१ सिट जितेको थियो । एमालेले २ पालिका अध्यक्ष, ३ उपाध्यक्ष, २३ वडा अध्यक्ष, २२ महिला वडा सदस्य, २३ दलित महिला सदस्य, ४४ अन्य वडा सदस्य, ६ दलित वा अल्पसंख्यक गरि १२४ सिट जितेको थियो ।

स्वतन्त्रबाट जितेर हाल माओवादीमा रहेका सहित माओवादी केन्द्रले ७ वटा अध्यक्ष, ६ महिला वडा सदस्य, ४ दलित महिला सदस्य, ११ अन्य वडा सदस्य र २ दलित वा अल्पसंख्यक गरि ३१ सिट जितेको थियो । राप्रपाको एक उपप्रमुख, ३ वडा सदस्य र एक कार्यपालिका सदस्य जितेकोमा एक जना माओवादीमा जानुभएको छ । एमालेबाट जितेका तीन जना कार्यपालिका सदस्य हाल नेकपा एकिकृत समाजवादीमा रहेका छन् ।

प्रतिनिधी र प्रदेशसभा निर्वाचनको मतपरिणाम
७५ हजार ५३७ जना मतदाता रहेकोमा ४७ हजार ४४९ मत खसेको थियो । समानुपातीकको प्रतिनिधिसभातर्फ ४० हजार ५२६ र प्रदेशसभामा ४२ हजार ६१६ मत सदर भएको थियो । समानुपातिको प्रतिनिधीसभातर्फ चार हजार ६८६ (९.८७ प्रतिशत) र प्रदेशसभातर्फ छ हजार ७७५ (१४.२७ प्रतिशत) मत बदर भएको थियो । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा दुई हजार २८६ (४.८१) र दुई वटै प्रदेशसभामा एक हजार ४८३ (३.१२) प्रतिशत मत बदर भएको थियो ।


एमालेका भुपेन्द्रबहादुर थापाले २३ हजार ३०३ मत ल्याएर बिजयी हुनुभएको थियो । काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले २० हजार ९८० मत पाउनुभएको थियो । प्रदेशसभा क्षेत्र (क)मा माओवादी केन्द्रका बिनोद केसीले १४ हजार ७०४ मत पाएर बिजयी हुनुभयो । राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १७५ मत पाउनुभयो ।


प्रदेशसभा क्षेत्र (ख)मा एमालेकी नरदेवी पुनले १० हजार ८६८ मत प्राप्त गरी बिजयी हुनुभएको थियो । पुनका प्रतिस्पर्धी काँग्रेसका अमलाल फगामीले सात हजार ९९० मत प्राप्त गर्नुभएको थियो । प्रतिनिधी र प्रदेशसभा चुनावमा एमाले, माओवादी तथा काँग्रेस राप्रपाले तालमेल गरेका थिए ।

Bhautik ministry notice about road


समानुपातिकतर्फ


प्रतिनिधिसभामा नेकपा एमालेले १८ हजार २६६, नेपाली काँग्रेसले १७ हजार ३४८ मत, नेकपा माओवादी केन्द्रले चार हजार ३०३, राप्रपाले एक हजार १५१, बिबेकशिल साझाले ५२७, राप्रपा प्रजातान्त्रीकले २६६ मत पाएका थिए । प्रदेशसभातर्फ एमालेले १६ हजार ७०४, काँग्रेसले १५ हजार ७३९ र माओवादी केन्द्रले चार हजार ८३३, राप्रपाले एक हजार ८७४, बिबेकशिल साझाले ३६८ मत पाएका थिए ।


पालिका र वडा अध्यक्षहरुको मत परिणाम
अन्नपूर्ण


अन्नपूर्णका एमालेका वडा अध्यक्षका उमेद्वारहरुले २९८६ मत ल्याउँदा पालिका अध्यक्षका उमेद्वार नारायण पुनले ३१२७ र उपाध्यक्षका उमेद्वार दुर्गादेवी पाइजाले ३१८६ मत पाउनुभएको थियो । अन्नपूर्णको अध्यक्षमा काँग्रेसका डमबहादुर पुनले ३३२० र उपाध्यक्षमा केशमाया मगरले ३२४५ मत ल्याएर बिजयी हुँदा वडा अध्यक्षका उमेद्वारहरुले ३३३४ मत ल्याएका थिए । माओवादीका पालिका अध्यक्षका उमेद्वारले २८५ मत ल्याउँदा वडा अध्यक्षका उमेद्वारले ३२२ मत पाउनुभएको थियो । अन्नपूर्णमा काँग्रेसले एमालेका पालिका अध्यक्षका उमेद्वारलाई १९३ र उपाध्यक्षका उमेद्वारलाई ५९ मतान्तरले जित्नुभएको थियो । एमालेले ३, माओवादीले १ र काँग्रेसले ४ वटा वडा जितेका थिए ।


धवलागिरी


धवलागिरी गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्रको अध्यक्ष उपाध्यक्ष, २ र ६ नम्बर वडामा तालमेल भएको थियो । गाउँपालिका अध्यक्षमा माओवादीका रिमप्रकाश थापाले २१६८ मत ल्याउँदा वडा अध्यक्षका उमेद्वारले ७७८ मत ल्याएका थिए । उपाध्यक्षमा काँग्रेसका डम्मरबहादुर भण्डारीले २०२९ मत ल्याउँदा वडा अध्यक्षका उमेद्वारहरुले १७७२ मत ल्याएका थिए । एमालेका थमसरा पुनले २४९० मत र उपाध्यक्षमा रेशम छन्त्यालले २४८८ मत ल्याएर बिजयी हुँदा वडा अध्यक्षका उमेद्वारहरुले २४७८ मत पाएका थिए । एमालेले ५, काँग्रेस र माओवादीले एक, एक वटा वडा जितेका थिए । धवलागिरीमा अध्यक्षका उमेद्वारबीच ३२२ र उपाध्यक्षमा ४५९ को मतान्तर थियो ।

मालिका


मालिका गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उमेद्वार श्रीप्रसाद रोकाले २७०६ (बिजयी) र उपाध्यक्ष बिमला रोकाले २६६४ मत ल्याउँदा वडा अध्यक्षका उमेद्वारहरुले २६०६ मत ल्याएका थिए । एमालेका बेगप्रसाद गर्बुजाले २६२२ र उपाध्यक्ष खरमाया बिटालुले २६९१ (बिजयी) मत ल्याउँदा वडा अध्यक्षका उमेद्वारहरुले २६६७ मत ल्याएका थिए । हाल माओवादी केन्द्रमा रहेका तत्कालीन स्वतन्त्र उमेद्वार सहितका माओवादीका वडा अध्यक्षका उमेद्वारहरुले १२४० मत ल्याउँदा गाउँपालिका अध्यक्षका उमेद्वार कमल केसीले ९९० र उपाध्यक्ष गौरी सेञ्चुरीले ९७७ मत पाएका थिए । स्वतन्त्र उमेद्वार हर्कमान जुग्जालीले १२८ मत पाउनुभएको थियो । मालिकामा एमाले ३, माओवादी २ र काँग्रेस २ वटा वडामा बिजयी भएका थिए । एमालेबाट बिजयी भएका ३ नम्बर वडा अध्यक्ष हेमबहादुर पुन हाल माओवादीका उमेद्वारको प्रचारप्रसारमा हुनुहुन्छ । गाउँपालिका अध्यक्षमा ८४ र उपाध्यक्षमा २७ मतान्तर थियो ।


बेनी नगरपालिका


बेनी नगरपालिकामा काँग्रेसका मेयरका उमेद्वार हरिकुमार श्रेष्ठले ५६७९ मत ल्याएर बिजयी हुँदा वडा अध्यक्षका उमेद्वारहरुले चार हजार ५५६ मत ल्याएका थिए । एमालेका प्रमोद श्रेष्ठले मेयरमा ५६३४ मत ल्याउँदा वडा अध्यक्षका उमेद्वारहरुले कुल ५३९३ मत ल्याएका थिए । मेयरका स्वतन्त्र उमेद्वार पृथीप्रसाद पुनले २६६ मत ल्याएका थिए । एमालेसँग तालमेल गरेका राप्रपाका सञ्जु बरुवालले ३९९५ मत ल्याएर बिजयी हुँदा १ नम्बर वडामा राप्रपाका वडा अध्यक्षका उमेद्वारले २२२ मत ल्याएका थिए । काँग्रेससँग तालमेल गरेका माओवादीका ज्योती लामिछानेले उपमेयरमा ३९६१ मत पाउँदा हाल माओवादीमा रहेका स्वतन्त्र उमेद्वार सहित माओवादीका वडा अध्यक्षका उमेद्वारहरुले १७४२ मत ल्याएका थिए । बेनीमा एमालेले ८, काँग्रेसले १ र माओवादीले एक वटा वडा अध्यक्ष जितेका थिए । बेनीको मेयरमा ४५ र उपमेयरमा ३४ मतान्तर थियो ।


मंगला गाउँपालिका


मंगला गाउँपालिकामा एमालेका सतप्रसाद रोकाले अध्यक्षमा ३६४९ र उपाध्यक्षमा सिर्जना केसीले ३७०२ मत ल्याएर बिजयी हुँदा हाल एमालेमा रहेका तत्कालीन स्वतन्त्र सहितका वडा अध्यक्षका उमेद्वारहरुको मत ३६६० थियो । काँग्रेससँग तालमेल गरेको माओवादी केन्द्रका गाउँपालिका अध्यक्षका उमेद्वार चन्द्रप्रकाश बुढाथोकीले २६३१ मत पाउँदा माओवादीका वडा अध्यक्षका उमेद्वारहरुले १४६२ मत ल्याएका थिए । माओवादीसँग तालमेल गरेको काँग्रेसका उमेद्वार हुमादेवी फगामीले १९६७ मत ल्याउँदा काँग्रेसका वडा अध्यक्षका उमेद्वारहरुले १३७९ मत ल्याएका थिए । मंगलामा एमालेले ४ र माओवादीले एक वटा वडा जितेका थिए । गाउँपालिका अध्यक्षमा एक हजार १८ र उपाध्यक्षमा १७३५ मतको अन्तर थियो ।


रघुगंगा गाउँपालिका


रघुगंगा गाउँपालिकामा काँग्रेसका अध्यक्षका उमेद्वार भवबहादुर भण्डारीले ४४३४ र उपाध्यक्षमा कमला तिलीजाले ३८४७ मत ल्याउँदा काँग्रेसका एक जना निर्बिरोध र ६ जना वडा अध्यक्षका उमेद्वारहरुले ३५९१ मत पाएका थिए । माओवादीसँग तालमेल गरेको एमालेका गाउँपालिकाका अध्यक्षका उमेद्वार खिमबहादुर शाहीले २७३० मत ल्याउँदा एमालेका वडा अध्यक्षका उमेद्वारहरुले एक हजार ४६५ मत ल्याएका थिए । एमालेसँग तालमेल गरेको माओवादी केन्द्रका उपाध्यक्षका उमेद्वार हरि भण्डारीले २६६२ मत ल्याउँदा माओवादीका एक वटा मात्र वडा अध्यक्षका उमेद्वारले ९९४ मत ल्याएका थिए । माओवादीले जितेको वडा नम्बर २ मा एमालेसँग तालमेल थियो । रघुगंगामा काँग्रेसले ७ र माओवादीले एक वटा वडा अध्यक्ष जितेका थिए । अध्यक्षमा एक हजार ७०४ र उपाध्यक्षमा एक हजार १८५ मतान्तर थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...