घोडेपानी–प्यारीबाराही ताल जोड्ने साइकल मार्ग

Shreekrishna hardware

सुरेन गुरुङ

घोडेपानी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घोडेपानी देखि वडा नम्बर ७ स्थित प्यारीबाराही ताल जोड्ने साइकल मार्ग सञ्चालन भएको छ ।

सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाई लम्बाउन प्यारीबाराही ताललाई सहायक गन्तब्य बनाएर गुराँसको जंगलभित्र साइकल मार्ग सञ्चालन गरिएको हो ।

Shreekrishna

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटक र पाहुनाको बसाई लम्बाउन साइकल मार्ग पहिचान गरेर पूर्बाधार निर्माण र प्रचारप्रसारमा जुटेको बताउनुभयो । नयाँ वर्षको अवसरमा पोखरा साइकल सिटीका १४ जनाको टोली साइकल चढेर घोडेपानी पुगेका थिए ।

गुराँसको जंगलको भित्र साइकल चढेर प्यारीबाराही ताल पुगेका सिटीका सहसचिव धर्मसिंह लामीछाने नेतृत्वको टोली पुनहिल घुमेर कास्कीको उल्लेरी हुदै पोखरा फर्किएका छन् । पहाडको टाकुरामा रहेको घोडेपानी पुनहिल घुम्न साइकल चढेर जान सकिने लामीछानेले बताउनुभयो ।

“गुराँसको जंगलभित्र पृष्ठभूमिमा हिमाल हेर्दै साइकलमा यात्रा गर्न पाउनु यहाँको आकर्षण हो,” उहाँले भन्नुभयो “स्वास्थ्यका लागि लाभदायक साइकल यात्रा घोडेपानी क्षेत्रको पर्यटन विकासको माध्यम पनि बन्न सक्ने देखियो ।”

Ban devision notice

स्थानीय होटल ब्यवसायीहरुले पर्यटकलाई साइकल भाडामा दिएर घुम्ने ब्यवस्था मिलाउन सक्ने लामीछानेको सुझाव छ । गत वर्ष प्रदेश सरकारको रु. बीस लाख सहयोगमा घोडेपानी देखि प्यारीबाराही ताल जोड्ने तीन÷तीन किलोमिटर दुरीको डेढ मिटर चौडाई भएको घोडा र साइकल मार्ग निर्माण भएको थियो ।

गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल जोड्ने मार्गमा चरा अवलोकन स्थल र घोडा बाँध्ने तबेलासमेत बनाइएको उपभोक्ता समितिका अध्यक्ष सुशील पुनले बताउनुभयो । “लालिगुराँसको घना जङ्गलको बीचमा समथर चौर भएको कालीसार भन्ने ठाउँमा चरा अवलोकन स्थल बनाइएको छ”, उहाँले भन्नुभयो “गुराँसे जङ्गलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण शृङ्खलाका हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।”

यसैगरी भालखारामा पर्यटक चढ्ने घोडा बाँध्ने तबेला निर्माण भएको छ । घोडेपानी र प्यारीबाराही क्षेत्रमा ठूलो गुराँसको जङ्गल छ । जङ्गलमा डाँफे, कालिज, मृग, चितुवा, घोरललगायत वन्यजस्तुको बसोबास छ । जैविक विविधताका हिसाबले पनि यो पदमार्ग आकर्षक छ ।

घोडेपानीबाट पर्यटकहरु घोडा र साइकल दुवै चढेर प्यारीबाराही ताल जान तथा आउन सक्ने भएका छन् । जङ्गलको बीचमा रहेको प्यारीबाराही तालको धार्मिक तथा पर्यटकीय सम्भावना छ । तालमा हिमालको छायाँ देखिन्छ ।

जनैपूर्णिमा पर्वमा यहाँ पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ मेला लाग्ने गर्छ । करिब २०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा गोलो आकारमा फैलिएको ताल आकर्षक छ । तालमा खस्ने पात एउटा चराले टिपेर फाल्ने गरेको स्थानीयवासी बताउँछन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...