तल्लो शिखमा खेलकुद र सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)

Sinchai Khanipani notice

सुरेन गुरुङ
शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ तल्लो शिखमा नव वर्ष २०७९ को अवसरमा आयोजित खेलकुद र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

तल्लो शिख युवा क्लबले आयोजना गरेको कार्यक्रम चैत २५ गतेदेखि शुरु भएर बैशाख २ गते सम्म सञ्चालन भएको थियो । महिला, पुरुष, प्रौढ भलिबल र बास्केटबल प्रतियोगिताका साथमा गित र नृत्य प्रस्तुत गरिएको थियो ।

महिला भलिबलमा शिख प्रथम र पाउद्धारको टोली दृतीय हुदै रु. ४० हजार र २५ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रौढ भलिबलमा बिजयी भएको स्वाँतले रु. ३५ हजार र दोस्रो भएको घोरेपानीको टिमले रु. २० हजार पुरस्कार पाएका छन् ।

Shreekrishna hardwear in news

पुरुष बास्केटबल खेलमा प्रथम भएको पाउद्धारले रु. ६० हजार र दोस्रो फलातेले रु. ३५ हजार पुरस्कार हात पारेका छन् । पुरुष भलिबलमा बिजयी बासघाराले रु. ६० हजार र उपबिजेता घान्द्रुकले रु. ३५ हजार पाएका छन् ।

Bhautik ministry notice about road

क्लबका अध्यक्ष नारायण पाईजाको अध्यक्षता, दिवस पुन र सुदर्शन रन्तिजाको सञ्चालनमा भएको समापन कार्यक्रममा प्रमुख अतिथि क्याप्टेन बलबहादुर तिलिजा र बिशिष्ट अतिथि रबिन्द्र गर्बुजाले मेडल, प्रमाणपत्र र ट्रफिको साथमा नगद पुरस्कार वितरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...