बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

Sinchai Khanipani notice

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ ।

मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन २०७९ बैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवत जावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

सवारी साधनको चापले सडक बिस्तारको काम प्रभाबित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय ब्यवस्थापनको प्रस्ताव गरेका थिए । यसअघि गत पुष १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा सवारी साधन बन्द गरिएको थियो ।

Shreekrishna hardwear in news

बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बागलुङ हुदै मालढुङ्गा जोड्ने बैकल्पिक सडक प्रयोग गर्न सकिनेछ् । एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा बिकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजिकरण गरिने भएको छ ।

Bhautik ministry notice about road

एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणलाई तिब्रता दिन सवारी साधन रोकेर काम गर्न समय मागिएको बताउनुभयो । कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गा देखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरि दुई लेनको बनाउन काम भैरहेको छ ।

मालढुङ्गा–बेनी सडक चिन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरीडोर अन्तरगत पर्छ । २०७७ चैतमा रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले बिभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक बिस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ ।

हाल पिच सहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रबिधीको कालोपत्रे गर्न लागिएको हो । बि.स. २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तरगत शुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जिर्ण अवस्थामा थियो ।

सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवत जावत प्रभावित हुने गरेका छन् । बर्खामा पहिरोले दैनिकजसो अबरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झञ्जट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको छ । म्याग्दी र मुस्ताङ जिल्लाको साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा–बेनी सडक पर्यटकीय, ब्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...