काँग्रेसले मालिकाको अध्यक्षको उमेद्वारमा रोकालाई दोहोर्याउने

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेसले म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षको उमेद्वारमा श्रीप्रसाद रोकालाई पुनःदोहो¥याउने भएको छ ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोकालाई गाउँपालिकाको अध्यक्षमा उमेद्वार बनाउने गाउँपालिका कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गरेको हो । रोका वि.स. २०७४ मा भएको स्थानीय तह निर्वाचनमा बिजयी हुनुभएको थियो ।

नेपाली काँग्रेसको राजनीतिमा युवा नेताका रुपमा स्थापित भएका रोका काँग्रेसको महाधिवेशन प्रतिनिधी र नेपाल तरुण दलको जिल्ला उपाध्यक्ष हुनुहुन्छ । १३ हजार २०१ जना मतदाता भएको मालिकामा ९ वटा मतदानस्थलमा १७ वटा केन्द्र तोकिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

काँग्रेसले मालिकाको वडा नम्बर १ मा वर्तमान वडा अध्यक्ष टंकप्रसाद पुनलाई दोहो¥याएर उमेद्वार बनाउने निर्णय गरेको छ । वडा नम्बर २ मा ताराबहादुर रोका मगर, वडा नम्बर ३ मा श्यामबहादुर बुढाथोकी, ४ मा भेजेन्द्रमान पुन, ५ मा मिम पुन, ६ मा खिमबहादुर पुन र ७ मा लोककुमार पुनलाई वडा अध्यक्षको उमेद्वार बनाउने यसअघिनै घोषणा भैसकेको थियो ।

गत स्थानीय तह चुनावमा मालिकाको उपाध्यक्षमा एमालेकी खरमाया बिटालु निर्वाचित हुनुभएको थियो । ७ वटा मध्य नेपाली काँग्रेसले १ र ५, एमालेले २, ३ र ६, माओवादीले ४ र स्वतन्त्र उमेद्वारले ७ नम्बर वडामा जितेका थिए । स्वतन्त्रबाट बिमको वडा अध्यक्ष जितेका माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली पनि मालिकाको अध्यक्षको उमेद्वारका आकाक्षी हुनुहुन्छ ।

गत निर्वाचनमा काँग्रेसका रोकासँग ८४ मतले पराजित हुनुभएका एमालेका बेगप्रसाद गर्बुजालाई एमालेले पुन अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ । सत्ता साझेदार पाँच दलीय गठबन्धनमा आवद्ध काँग्रेस र माओवादी केन्द्रले नेतृत्वको दावी गरिरहेको मालिकामा काँग्रेसले उमेद्वारी घोषणा गरेपछि त्यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...