काँग्रेसले बेनीको मेयरमा चिरञ्जिवी शर्मालाई उमेद्वार बनाउने

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा चिरञ्जिवी शर्मालाई उमेद्वार बनाउने निर्णय गरेको छ ।

नेपाली काँग्रेसको शुक्रबार बेनीमा जिल्ला कार्यसमितिको बैठकले अधिवक्ता समेत रहनुभएका शर्मालाई उमेद्वार बनाउने निर्णय गरेको हो । नेपाली काँग्रेस म्याग्दीका सचिब हिराबहादुर पुनले नगर समितिबाट सिफारिस भएका १० जना मध्य शर्मालाई सर्वसम्मत नगर प्रमुखको उमेद्वार बनाउने निर्णय भएको जानकारी दिनुभयो ।

“नगरले सिफारिस गरेका मध्यबाट छलफलका क्रममा उहाँ (शर्मा)लाई सर्वसम्मत रुपमा मेयरको उमेद्वार बनाउने निर्णय भएको हो,” उहाँले भन्नुभयो “उपमेयरको उमेद्वार छनौट गर्न भने बाँकी छ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उपमेयरमा नगर समितिले अमृतदेवी बानिया, संगिता श्रेष्ठ र सुजता खत्रीलाई सिफारिस गरेको थियो । बेनी नगरपालिका–१० पात्लेखेतको ओखलेका शर्माले म्याग्दी बहुमुखी क्याम्पसमा अध्यापन पनि गर्नुभएको थियो । शर्मा हालै भएको नेपाली काँग्रेसको जिल्ला अधिबेशनबाट महाधिवेशन प्रतिनिधीमा निर्वाचित हुनुभएको थियो ।

१० वटा वडा र २४ हजार ७११ जना मतदाता भएको बेनीमा १७ मतदान स्थल र २८ वटा मतदान केन्द्र कायम भएको छ । वि.स. २०७४ मा भएको स्थानीय तह चुनावमा बेनीको नगरप्रमुखमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठ एमालेका प्रमोद श्रेष्ठलाई ४५ मतले पछि पार्दै बिजयी हुनुभएको थियो । उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवालले तीन हजार ९९५ मत ल्याएर बिजयी हुँदा उहाँकी प्रतिस्पर्धी माओवादी केन्द्रकी ज्योती लामिछाने पौडेलले तीन हजार ९६१ मत पाउनुभएको थियो ।

बेनीको प्रमुख उपप्रमुखमा काँग्रेस–माओवादी र एमाले–राप्रपाले तालमेल गरेका थिए । १० वटा मध्य ८ वटा वडामा एमाले, १ वटामा काँग्रेस र एक वटामा स्वतन्त्र उमेद्वार अध्यक्षमा बिजयी भएका थिए । स्वतन्त्रबाट ३ नम्बर वडाको अध्यक्ष जितेका पदम पुन हाल माओवादी केन्द्रमा हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...