मालपोतको अन्तरक्रीया

Gandaki Pardesh notice

दुर्गा आचार्य गौतम

बेनी, । लिखत पारितको शतवार्षीकीको अवसरमा बिहिबार बेनीमा मालपोत र नापी सम्बन्धी सेवाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला मालपोत कार्यालय म्याग्दीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मालपोत र नापीबाट प्रवाह हुने सेवा र देखिने चुनौतिका विषयमा छलफल भएको थियो ।

Shreekrishna hardwear in news

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, नापी अधिकृत, जनप्रतिनिधी र मालपोतका कर्मचारीहरुको सहभागिता थियो ।

Bhautik ministry notice about road

प्रजिअ रानाले स्थानीय तहका वडा कार्यालयबाट गरिने सिफारिसमा सुधार गरेमा मापलोत र नापी सम्बन्धी सेवा लिन आउने सर्वसाधारणलाई सहज हुने बताउनुभयो ।सेवा शूल्क र एकरुपता कायम गर्न पहल गर्ने लेखापढी ब्यवसायी लालबहादुर भण्डारीले बताउनुभयो ।

जग्गाको न्युनतम मुल्याङ्कन भूगोल अनुसार कायम गर्नुपर्ने, नापी र मालपोत कार्यालयमा दरबन्दी अनुसारका जनशक्तिको व्यवस्थापन गर्नुपर्ने, सेवालाई प्रक्रियामुखी नभएर परिणाममुखी बनाउन, थोरै जनशक्तिलाई परिचालन गरेर प्रभावकारी सेवा दिने वातावरण बनाउने सुझाव दिएका थिए ।

मालपोत अधिकृत कृष्णबहादुर कार्कीले भूमि सम्बन्धी अधिकांश अभिलेख डिजिलटाइजेशन भएको बताउदै कहिलेकाँही सर्वरमा समस्या देखिने र दरबन्दि अनुसारका जनशक्तिको अभाव भएको बताउनुभयो । थप जनशक्तिको व्यवस्थापन र भएका जनशक्तिालाई अधिकतम परिचालन गरेर सेवा दिने मालपोत अधिकृत कार्कीले बताउनुभयो ।

नापी अधिकृत तुलसी पौडेलले पुन नापीको मागका विषयमा माथिल्लो निकायमा पहल गर्ने बताउनुभयो । मालपोत कार्यालयका नायव सुब्बा कलादेवी शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा मालपोत अधिकृत कार्कीले कार्यपत्र पनि प्रस्तुत गर्नुभएको थियो ।

मालपोत कार्यालय म्याग्दीले बुधबारदेखि त्रिदिवसीय कार्यक्रम गरेर लिखत पारितको शतवार्षिकी मनाउन थालेको थियो । शतवार्षिकीको पहिलो दिन मालपोत कार्यालय परिसरमा सरसफाई गरिएको थियो । शुक्रबार कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान गर्ने कार्यक्रम बनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...