म्याग्दी क्याम्पसमा नयाँ वर्षको शुभकामना आदानप्रदान

Gandaki Ghumau

बेनी,। बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा बुधबार नव वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पस प्रमुख गोरखबहादुर जिसीको अध्यक्षता र सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाको प्रमुख आतिथ्यतामा प्रध्यापक, कर्मचारी र विद्यार्थीहरुबीच शुभकामना आदानप्रदान गरिएको हो ।

कार्यक्रममा अध्यक्ष ढुङ्गानाले नयाँ वर्षले क्याम्पसको गुणस्तर वृद्धिको अभियानमा थप सफलता मिलोस भन्दै क्याम्पसका सम्पुर्ण विद्यार्थी, पुर्व विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारी, क्याम्पस सभाका सभासद, संस्थापक, संरक्षक, लगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठले वर्तमान सञ्चालक समितिले म्याग्दी क्याम्पसलाई देशकै नमुना सामुदायिक क्याम्पस बनाउन प्रयासरत रहेको जानकारी गराउँदै ढुक्क भएर क्याम्पसमा अध्ययन गर्न सम्पूर्ण विद्यार्थीलाई अनुरोध गर्दै नयाँ वर्ष देखि सबैले कम्तिमा एक राम्रो क्रियाकलापकको सुरुवात गर्न अठोट गर्नुपर्ने धारण प्रस्तुत गर्नुभयो ।

उक्त कार्यक्रमर्मा विद्यर्थीहरुको तर्फवाट वि.वि.यस दोस्रो वर्षकी एलिना लेपाली र वि.एड. प्रथम वर्षका काशीराम कंडेल, सम्पूर्ण प्राध्यापक कर्मचारीहरुको तर्फवाट प्राध्यापक संघका सचिव देवराज शर्मा र सम्पुर्ण विभागहरुको तर्फवाट मानविकी विभागका विभागीय प्रमुख भोलानाथ घिमिरेले अनफ्नो शुभकामना मन्तब्य राखेका थिए ।

क्याम्पसका सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीको स्वागत तथा सहायक क्याम्पस प्रमुख पशुपतिनाथ ढकालको सञ्चालन भएको उक्त कार्यक्रमा प्राध्यापक, कर्मचारी, विद्यार्थीहरु गरी करीव ५०० जनाको उपस्थिति रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...