दुर्गा आचार्य गौतम
बेनी । मालपोत कार्यालय म्याग्दीले त्रिदिवसीय कार्यक्रम गरेर लिखत पारितको शतवार्षिकी मनाउन थालेको छ ।
शतवार्षिकीको पहिलो दिन बुधबार मालपोत कार्यालय परिसरमा सरसफाई गरिएको छ । जिल्ला मालपोत अधिकृत कृष्णबहादुर कार्कीको नेतृत्वमा कर्मचारीहरुले कार्यालय परिसरको फोहोर व्यवस्थापन गरेका थिए ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
वि.स. १९७८ चैत ३० गतेदेखि सरकारले भूमि सम्बन्धी कार्यालयबाट लिखत सम्बन्धी सेवा दिन थालेको थियो । भूमिसुधार विभागको देशब्यापी कार्यक्रम अन्तरगत म्याग्दीमा पनि सरसफाई लगायतका कार्यक्रम गरिने मालपोत कार्यालयले जनाएको छ ।
![](https://dhaulagirikhabar.com/wp-content/uploads/2022/04/Malpot-sarsafai-3-1024x768.jpg)
![Malika RM Public notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/11/Malika-RM-Notice-1.jpg)