बेनी–७ को वडा अध्यक्षमा एमालेले राजेन्द्र श्रेष्ठलाई दोहो¥याउने

Gandaki Pardesh notice

बेनी, । आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि नेकपा एमालेले बेनी नगरपालिका–७ को उमेद्वारमा वाहालवाला वडा अध्यक्ष राजेन्द्र श्रेष्ठलाई दोहो¥याउने भएको छ ।

बेनीमा सोमबार बसेको वडा कमिटिको बैठकले वि.स. २०७४ को स्थानीय तह चुनावमा वडा अध्यक्षमा निर्वाचित श्रेष्ठलाईनै आगामी चुनावमा पनि उमेद्वार बनाउने निर्णय गरेको हो ।

Bhautik ministry notice about road

खुल्ला सदस्यमा एमालेका वडा कमिटी अध्यक्ष रमेश फगामी र महिला सदस्यमा पुष्पा थापालाई उम्मेदवार बनाउने निर्णय गरको नेकपा एमाले बनी नगरकमिटी अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । १ जना खुल्ला सदस्य र दलित महिला सदस्यको उम्मेदवार भने पछि चयन गरिने उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

अध्यक्षको उम्मेदवार श्रेष्ठले बेनपा ७ को बिकास र समृद्धिका लागि थप सक्रियताका साथ काम गर्ने प्रतिवद्धताका साथ पार्टीले दिएको जिम्मेवारीलाई वहन गरको बताउनुभयो । श्रेष्ठले आफ्नो ५ बर्षीय कार्यकालमा बाँकी रहेका कार्यहरुलाई उत्कृष्ट ढंगबाट सम्पन्न गर्ने गरि चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...