अन्नपूर्णको अध्यक्ष र उपाध्यक्षमा एमालेका उमेद्वार छनौट

Gandaki Pardesh notice

बेनी, नेकपा एमालेले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उमेद्वार छनौट गरेको छ ।

पोखरेबगरमा सोमबार बसेका गाउँपालिका कमिटीको बैठकले अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुनलाई उमेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो । एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसीको उपस्थितिमा बसेको बैठकले सर्वसम्मत रुपमा उमेद्वार चयन गरेको जनाएको छ ।

अध्यक्षका उमेद्वार पुन शिक्षण क्षेत्रमा लामो अनुभव सँगालेका व्यक्ति हुनुहुन्छ । उपाध्यक्षका उमेद्वार पुनसँग गैरसरकारी संस्थामा काम गरेको अनुभव छ । अध्यक्षको उमेद्वार सिफारिस हुनुभएका अन्नपूर्ण–७ औला निवासी पुनले हालै शिक्षक पदबाट राजीनामा दिनुभएको थियो । उहाँ गाउँपालिकामा स्रोत व्यक्तिको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उपाध्यक्षमा सिफारिस हुनुभएकी पुन गैरसरकारी संस्था मिलन म्याग्दीको कार्यकारी निर्देशक भएर काम गर्नुभएको छ । वडा नम्बर ५ पाउद्धारकी उहाँ मानव अधिकार एलायन्स लगायत संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

दिवा पुन

१४ मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको अन्नपूर्ण गाउँपालिकामा १२ हजार २६ जना मतदाता कायम छन् । यसअघिको चुनावमा अन्नपूर्णको अध्यक्ष, उपाध्यक्ष सहित नेपाली काँग्रेसले चार वटा वडा जितेको थियो । आठ वटा मध्य एमालेले तीन र माओवादी केन्द्रले एक वटा वडा जितेका थिए ।

एमालेले यसअघि मंगला गाउँपालिकाको अध्यक्षमा बाहालवाला अध्यक्ष सतप्रसाद रोकालाई दोहो¥याएर उमेद्वार बनाउने निर्णय गरेको छ । रघुगंगा गाउँपालिकाको अध्यक्षमा प्रेमबहादुर कार्कीलाई उमेद्वार बनाउन पालिका कमिटीले सर्वसम्मत सिफारिस गरेको एमाले म्याग्दीका सचिव सुरत केसीले बताउनुभयो । उहाँले ४५ मध्य अधिकांश वडाका अध्यक्षका उमेद्वार पनि सर्वसम्मत चयन भएका बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...