बेनीको खुल्लामञ्चमा आगलागी नियन्त्रणको नमुना अभ्यास

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनीमा सोमबार बिहान आगलागी नियन्त्रणको कृतिम अभ्यास गरिएको छ ।

जिल्ला विपद् ब्यवस्थापन समितिको आयोजनामा सुरक्षा निकायले घर, जंगल, भान्छाकोठा र व्यक्तिको शरिरमा आगो लाग्दा नियन्त्रण गर्ने बिधिको विषयमा बेनीको खुल्ला मञ्चमा अभ्यास गरेका हुन् ।

नेपाली सेनाको शत्रुभञ्जाङ गुल्म, शसस्त्र प्रहरीको चण्डीका गण अन्तरगत गलेश्वर आश्रित गुल्म र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीले आगलागी नियन्त्रणको अभ्यास गरेका थिए । तीन वटा खरको छाना भएको टहरामा लगाइएको आगो फायर ब्याग बोकेका सुरक्षाकर्मी र दमकलको सहायताले निभाइएको थियो ।

Shreekrishna hardwear in news

जंगलमा लागेको आगो निभाउने तरिकाको बारेमा नेपाली सेनाका सुरक्षाकर्मीहरुले नमुना अभ्यास गरेका थिए । भान्छाकोठाको ग्याँसको सिलिण्डर र पाइप चुहावट भएर हुने आगो निभाउने तरिकाको बारेमा नमुना अभ्यास गरेका थिए । यसैगरी मानिसको शरिर अथवा कपडामा आगो लागेको अवस्थामा कसरी निभाउने र जोगिने भन्ने तरिका पनि सिकाइएको थियो ।

आगो निभाउने ग्याँसको प्रयोग बिधी बारेमा पनि जानकारी गराइएको थियो । आगोलागीको सूचना प्रवाह गराउने देखि सावधानीपुर्वक आगो निभाउने, घाइतेको उद्धार र उपचार, घरभित्र भएका सामान निकाल्ने, क्षतिको मूल्याङ्कन गर्ने प्रक्रियाको अभ्यास गरिएको थियो । सुरक्षा कर्मीले बोकेको पानी भरिएको फायर ब्यागको सहायताले आगो निभाइरहेको अवस्थामा नगरपालिकाको दमकल पुगेर सहयोग गरेको थियो ।

सुरक्षा निकायलाई विपद् ब्यवस्थापनका लागि तयारी अवस्थामा राख्नुका साथै समुदाय स्तरमा सुरक्षित रुपमा आगलागी नियन्त्रण गर्ने ज्ञान, सिप र सन्देश प्रवाह गराउन नमुना अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, बेनी नगरपालिका–८ का अध्यक्ष रामकृष्ण बराइली, विभिन्न राजनीतिक दलका प्रतिनिधी, सुरक्षा अधिकारी, कार्यालय प्रमुख, सञ्चारकर्मी, बजारबासी र विद्यार्थीहरुको उपस्थितिमा अभ्यास गरिएको सहायक प्रजिअ अर्जुन शर्माले बताउनुभयो ।

Bhautik ministry notice about road

आगोलागीको सूचना हुदाँ वित्तिकै नमुना अभ्यासका लागि सुरक्षा निकायका सवारी साधन साइरन बजाउदै खुल्ला मञ्चतर्फ पुगेका थिए । नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मी बोकेका गाडीसँगै सर्वसाधारणले पनि के भएछ भनेर चासो दिदै खुल्लामञ्च पुगेका थिए ।

म्याग्दी आगलागी र डढेलोका हिसाबले जोखिमयुक्त जिल्ला मानिन्छ । गत फागुन महिनामा मालिका गाउँपालिका–५ को जंगलमा लागेको ढडेलो निभाउने क्रममा गरजराका एकै घरका दुई जनाको मृत्यु भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...