छन्त्याल संघमा मनमोहन

Gandaki Ghumau

बेनी । नेपाल छन्त्याल संघको अध्यक्षमा मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित हुनुभएको छ । बेनीमा आइतवार सम्पन्न संघको ७ औँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि २०४ मत ल्याएर उहाँ अध्यक्षमा पुनः निर्वाचित हुनुभएको हो ।

मनमोहनका प्रत्यासी गजेन्द्र छन्त्यालले ११२ मत ल्याउनुभएको निर्वाचत समितिका संयोजक चित्र घरब्जा छन्त्यालले जानकारी दिनुभयो । बरिष्ठ उपाध्यक्षमा मनमायाँ छन्त्यालले १ सय ८५ प्राप्त गरी निर्वाचित हुनुभएको छ । बरिष्ठ उपाध्यक्षका प्रत्यासी पदम डाँडामारे छन्त्यालले ७७ र देबप्रसाद घरब्जा छन्त्यालले ३७ मत प्राप्त गर्नुभएको छ ।

Gunasthariya Shiksya

महाधिवेशनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र तीन खुल्ला सदस्यहरु मतदान भएकोमा श्याम पाल्ताङे छन्त्याल, नरेन्द्र कुमार छन्त्याल र घनसा छन्त्याल विजय हुनुभएको छ । कुल खसेको मतमध्ये १० मत बदर भएको थियो ।

Shreekrishna

महाधिवेशनबाट खुला उपाध्यक्षमा हरिचन छन्त्याल, महिला उपाध्यक्षमा यमुना छन्त्याल, उपाध्यक्ष गण्डकी प्रदेशमा खिमबहादुर छन्त्याल, उपाध्यक्ष लुम्बीनी प्रदेशमा लाकेप्रसाद छन्त्याल, बाग्मती प्रदेशमा चक्रबहादुर (भरत) घरब्जा छन्त्याल, महासचिबमा कृष्ण बहादुर छन्त्याल, कोषाध्यक्षमा शिबप्रसाद छन्त्याल, उपमहासचिबमा घनबहादुर छन्त्याल, सहकोषाध्यक्षमा यमबहादुर छन्त्याल, सचिबमा समप्रसाद छन्त्याल र महिला सचिबमा थममायाँ छन्त्याल सर्वसम्मत हुनुभएको थियो ।

अध्यक्षमा निर्वाचित मनमोहन बुढाथोकी छन्त्यालले आफ्नो अधिल्लो कार्यकालमा अधुरा रहेका केही योजनाहरु पुरा गर्ने बताउनुभएको छ । महाधिवेशनले ३२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको जनाइएको छ । महाधिवेशनको शुक्रवार गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...