माधव नेपाल बेनी आउने

Sinchai Khanipani notice

बेनी । आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तह चुनावको मिति नजिकिदै जाँदा म्याग्दीमा शिर्ष नेताहरुको आगमन बढेको छ ।

राजनीतिकि दलहरुले प्रशिक्षण, भेटघाट र सभाका लागि नेताहरुलाई जिल्लामा ल्याइरहेका छन् । नेकपा एकिकृत समाजवादी पार्टीले मंगलबार बेनीमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सो पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल आउनुहुने भएको छ ।

Bhautik ministry notice about road

नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री नेपालको उपस्थितिमा चुनाव लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

गत शुक्रबार नेपाल छन्त्याल संघको महाधिवेशन उद्घाटनका लागि नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँड बेनी आउनुभएको थियो । त्यसअघि पर्वत बेनीमा भएको राष्ट्रिय युवा संघको भेलालाई सम्बोधन गर्न नेकपा एमालेका नेता महेश बस्नेत आउनुभएको थियो । नेकपा माओवादी केन्द्रका नेता दिननाथ शर्मा पनि केही दिन अघि बेनी आउनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...