![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका विद्यालयहरुमा चन्द्रलोक शैक्षिक कोषले शैक्षिक सामग्री वितरण गरेको छ ।
धारापानी घर भई हाल काठमाडौमा बस्नुहुने अर्जुन थापाले दिवंगत आमा चन्द्रकली र बुवा लोकबहादुर थापाको नाममा रु. १० लाखको कोष स्थापना गर्नुभएको थियो । अखिल क्रान्तिकारीका पुर्व नेता, नेकपा माओवादी केन्द्रको विशेष प्रदेश सदस्य थापाले धारापानीका चन्द्रकुन्ता माविको भवन निर्माणका लागि जग्गा पनि उपलब्ध गराउनुभएको थियो ।
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
![](https://dhaulagirikhabar.com/wp-content/uploads/2022/04/Arjun-thapa-edu-materials-distribute-2-1024x768.jpg)
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
कोषको ब्याजबाट यस वर्ष धवलागिरीका ९ वटा विद्यालयका ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउने कार्यक्रम अनुसार हालसम्म हेम मावि शिवाङका १०, ताकम माविका ५ र चन्द्रकुन्ता किसानी मावि धारापानीका १० जनालाई शैक्षिक सामग्री वितरण गरिसकेको बताउनुभयो ।
थप ६ वटा विद्यालयका ३५ जना विद्यार्थीहरुलाई प्रतिव्यक्ति रु. दुई हजार एक सय मूल्य बराबरको १६० पेजको १५ वटा कापी र १५ वटा कलमका दरले वितरण गरिने थापाले बताउनुभयो । मराङमा १०, मुना, लमसुङ, लुलाङ, मुदी र गुर्जामा ५÷५ जनालाई शैक्षिक सामग्री वितरण गरिने उहाँले बताउनुभयो ।
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)