जलजलामा तीन दलले वडा तहसम्मै साझा उमेद्वार बनाउने

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा आसन्न स्थानीय तह चुनावमा सत्ता साझेदार तीन दलले वडा तहसम्मनै साझा उमेद्वार बनाउने भएका छन् ।

मिलनचोकमा आइतबार बसेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीका प्रदेश, जिल्ला र पालिका तहका नेताहरुको संयुक्त बैठकले बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि पालिका तथा वडा स्तरमा गठबन्धन गर्ने निर्णय गरेका हुन् । यसैगरी १ देखि ९ नम्बर वडामा गठबन्धनमा आवद्ध दलहरुले मत सर्वेक्षण गरेर पद बाँडफाँड गरेर उमेद्वारी दिने निर्णय गरेका छन् ।

Bhautik ministry notice about road

नेपाली काँग्रेस पर्वतको निर्वाचन क्षेत्र क का सभापति राजकुमार क्षेत्री, जलजलाका सभापति इन्दुप्रकाश पौडेल, माओवादी केन्द्रका प्रदेश सदस्य दुर्गाबहादुर दर्जी, मनरुपा सुवेदी, गाउँपालिका अध्यक्ष दिपक आचार्य (आकाश), एकिकृत समाजवादीका देवीलाल चापागाई लगायतका नेताहरुको उपस्थितिमा बैठक बसेको थियो ।

Shreekrishna hardwear in news

गत २०७४ को स्थानीय तह निर्वाचनमा जलजला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित २, ३, ४ र ८ नम्बर वडा नेपाली काँग्रेस, १, ५ र ६ नेकपा एमाले, ७ र ९ मा नेकपा माओवादी केन्द्रले वडा अध्यक्ष जितेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...