भगवतीको वडा अध्यक्षमा रञ्जना श्रेष्ठको स्वतन्त्र उमेद्वारी

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्षमा रञ्जना श्रेष्ठले स्वतन्त्र उमेद्वारी घोषणा गर्नुभएको छ ।

अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २३ वर्षीय श्रेष्ठले आइतबार सामाजिक सञ्जाल मार्फत उमेद्वार घोषणा गर्नुभएको हो । बालबालिका र महिलाको अधिकारको क्षेत्रमा सक्रीय श्रेष्ठले वडामा पाचँ बर्षभित्र सुधार गर्नुपर्ने कामको विवरण सहितको प्रतिवद्धतापत्र पनि सार्वजनिक गर्नुभएको छ ।

Bhautik ministry notice about road

म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत श्रेष्ठले भगवतिमा शैक्षिक रुपान्तरणका लागि स्वतन्त्र उम्मेदवारी रहेको घोषणा पत्रमा उल्लेख छ । कुनैपनि सन्तानको शिक्षाको चिन्ताले गाउँ छोडेर बसाँईसराई गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र भगवतिको समयानुकूल विकासका लागि अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ ।

Shreekrishna hardwear in news

सामाजिक क्षेत्रमा आवद्ध रहेर सिकेको ज्ञान र सिपलाई उचित प्रयोग र सहकार्य गरेर भगवतिको सन्तुलित विकास गर्ने प्रतिवद्धतासहित राखु भगवतीबासीलाई भोटको अपिल फेसबुकमार्फत गर्नुभएको छ ।

भगवतीकै सागर भण्डारीले रघुगंगा गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रबाट उमेद्वारी घोषणा गरेर गाउँपालिकाको अवस्था, सम्भावना, चुनौति र सम्भावना समेटिएको पुस्तक सहित घरदैलो अभियानमा हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...