कृषकलाई गाइभैसी बस्ने रवरको गुन्द्रि वितरण

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिकाले कृषकहरुलाई क्याउ म्याट (रवरको गुन्द्रि) वितरण गरेको छ ।

बेनी नगरपालिकाको पशु सेवा शाखाले आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्र मार्फत वडा नम्बर ६, ७, ८, ९ र १० का २२ जना कृषकहरुलाई काउम्याट वितरण गरेको हो । नगरपालिकाले बिनियोजन गरेको रु. चार लाख बजेटबाट ५७ वटा र कृषकहरुको रु. एक लाख २० हजार खर्चमा १७ वटा काउम्याट खरिद गरेका थिए ।

केन्द्रका सचिव सुरेश ढुङ्गानाले न्युततम एक वटा देखि प्रति पाँच वटा गाइभैसी पाल्नेलाई दुई वटाका दरले काउम्याट वितरण गरिएको जानकारी दिनुभयो । यसैगरी प्रति कृषक पाँच÷पाँच किलोग्राम घाँसको विउ पनि उपलब्ध गराइएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

काउम्याट राख्दा गाइबस्तु लड्ने जोखिम नहुने, जाडोमा न्यानो र गर्मीमा सितल हुने, चिप्लीएर लड्ने र दुर्घटनाको जोखिम घट्ने, गोवर फाल्न सजिलो, चिसोबाट जोगाउन सकिने, थुनाउलो नहुने जस्ता फाइदा हुने बेनपा–१० पात्लेखेतका रमेश शर्माले बताउनुभयो ।

केन्द्रका सदस्य दुर्गाप्रसाद पौडेलले बेनीमा दैनिक एक हजार २०० लिटर दूध आपुर्ति गरिएको बताउनुभयो । स्रोत केन्द्रमा आवद्ध कृषकहरुले करिब दुईसय गाइभैसी पालेका छन् ।

दूधको मूल्य समायोजन नहुँदा प्रति लिटर रु. १० का दरले घाटा खाएर दूध बिक्री गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । दूधको मूल्य नबढाए गाइभैसी बेचेर विदेश पलायन हुनुपर्ने अवस्था आउने केन्द्रका कोषाध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...