वाइसीएलद्धारा अर्थुङ्गे देउराली–थाकनपोखरी सडक मर्मत

Gandaki Ghumau

बेनी । बेनी नगरपालिका–६ मा नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले शुक्रबार सडक मर्मत गरेका छन् ।

करिब ९ महिनादेखि अवरुद्ध बेनी नगरपालिका–६, अर्थुङे देउराली देखि थाकनपोखरी जोड्ने करिब १ किलोमिटर सडक श्रमदान गरेर मर्मत गरेका हुन् ।

वाईसीएल बेनपा–६,का वडा कमिटी सचिव दिपेश बानियाँको नेतृत्वमा भएको मर्मतमा नेकपा माओवादी केन्द्रबाट आगामी स्थानीय तहमा वडा अध्यक्षका उम्मेदवार नगेन्द्र केसी सहितका यूवा नेताहरुको उपस्थिती रहेको वाईसीएल बेनी नगर कमिटीका अध्यक्ष नविन पौडेलले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

अवरुद्ध सडक मर्मत नहुदाँ मोटरसाईकल सहितका साना सवारीसाधन समेत आवतजावतमा समस्या भएको थियो । त्यस्तै ठूला सवारीसाधन सञ्चालनमा समेत समस्या भएपछि स्थानीयले पटकपटक नगरपालिकामा समेत ध्यानार्कषण गराउँदा समेत सुनुवाई नभएपछि अस्थायी रुपमा मोटरसाईकल आवतजावत गर्न मिल्ने बनाइएको छ ।

स्थानीय यूवाहरुले थप बजेट सहितको सुनिश्चितताका लागि माग गरेका छन् । उक्त सडक अवरुद्ध हुदाँ थाकनपोखरीमा आवतजावत गर्न समस्या भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...