तीन जिल्लाका पाँच स्थानमा एकै पटक महायज्ञ

Add Samajik bikash office

बेनी, । म्याग्दी, बाग्लुङ र पर्वतका पाँच स्थानमा एकै पटक महायज्ञ आयोजना गरिएको छ ।

नयाँ वर्ष २०७९ को अवसरमा पर्वतको जलजला स्थित कालञ्जर, बाग्लुङको रारायीकोट (पञ्चकोट), मालिका भगवती तथा गौशाला, म्याग्दीको सिद्धभूमी र गौश्वाँरामा पञ्चश्रीमहायज्ञ आयोजना गरिएको हो ।

Bhautik ministry notice about road

बैशाखको १ देखि ५ गतेसम्म एउटै तिथि, मिति, मुहर्त, एउटै विधि र पद्धतिद्धारा राष्ट्रिय संस्कृति र सम्पदाको संरक्षणको उद्देश्य राखेर महायज्ञ आयोजना गरिएको मुल आयोजक समितिका प्रवक्ता शुर्दशन शास्त्रीले बताउनुभयो । वाइट

Shreekrishna hardwear in news

राष्ट्रको सम्बृद्धिका लागि विशेष हवन, साधकको आन्तरिक शान्तिको लागि योग, ध्यान, जप, पाठपारायण, संकीर्तन, मन्त्रलेखन आदि हुनेछ । ओझेलमा परेका धार्मिक स्थलहरुको पहिचान र प्रर्वद्धनका लागि महायज्ञ आयोजना गरिएको स्वामी श्रीकृष्ण प्रपन्नचार्यले बताउनुभयो । वाइट

एक स्थानमा ११ जना विद्धान आचार्यहरुको नेतृत्वमा यज्ञ सञ्चालन हुने र पाँच स्थानमा ५५ जना विद्धान सहभागी हुनुहुनेछ । समाजमा विकृति, विसंगतिहरुको अन्त्य गर्दै जनमानसमा धर्म, संस्कार तथा संस्कृतिको प्रेम र आध्यात्मिक साधनाको अनुभव समेत हुने आशा गरिएको छ । ऐतिहाँसिक किसिमको महायज्ञ सञ्चालन गर्न लागिएको आयोजकले जनाएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...