म्याग्दीमा टाइफाइड विरुद्धको खोप अभियान शुरु

Add Samajik bikash office

बेनी। म्याग्दीमा पनि शुक्रबारदेखि टाइफाइड रोग विरुद्धको खोप लगाउने अभियान शुरु भएको छ ।

सरकारको देशब्यापी कार्यक्रम अन्तरगत म्याग्दीका ६ वटै स्थानीय तहमा एकै पटक खोप अभियान शुरु गरिएको हो । बेनीमा जिल्ला समन्वय प्रमुख देवेन्द्रबहादुर केसीले अभियानको शुरुवात गर्नुहुदै लक्षित सबै बालबालिकालाई खोप लगाउने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले खोप अभियानलाई अत्याधिक जनसहभागिता, व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । म्याग्दीमा १५ महिना देखि १५ वर्ष उमेर समुहका २८ हजार ७१८ जनालाई टाइफाइड रोग विरुद्धको खोप लगाउन लागिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

देशभर बैशाख १९ गतेसम्म अभियान सञ्चालन गर्ने योजना भएपनि म्याग्दीमा बैशाख २ गतेभित्रै सक्ने कार्यतालिका बनाएको लम्सालले बताउनुभयो । २३० वटा विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना गरिएको छ । विद्यालयमा खोप लगाउन छुटेकालाई स्वास्थ्य संस्थामा लगाइनेछ ।

२३० जना स्वास्थ्यकर्मी, ४६० स्वमसेवक र ५७ जना सुपरीवेक्षक परिचालन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका पव्लिक हेल्थ नर्स दुर्गा शर्माले बताउनुभयो । नेपालमा पहिलो पटक टाइफाइड रोग विरुद्धको खोप लगाउन लागिएको हो ।

अभियान सकिएपछि नियमित खोपमा टाइफाइडलाई समावेश गर्न लागिएको छ । पानी र खानेकुराबाट टाइफाइड रोगको संक्रमण हुनुमा तेस्रो स्थानमा रहेको छ । नेपालमा हरेक वर्ष चार लाख ५० हजार जनामा टाइफाइड रोगको संक्रमण देखिन्छ ।

टाइफाइडको संक्रमणका कारण अस्पतालमा भर्ना हुने विरामीहरुमध्य चौथो स्थानमा पर्छन् ।
टाइफाइड भएमा पेट तथा टाउको दुख्ने, अचानक ज्वरो आउनु, बान्ता हुनु, अत्याधिक पसिना आउनु र टाउको चिसो महशुष हुने र कब्जियत हुनु र कमजोरी महसुष हुने जस्ता लक्षण देखा पर्ने गर्दछन् ।

टाइफाइड शरीरमा संक्रमणको कारण हुन्छ । यसर बिस्तारै कलेजोमा नोक्सान पु¥याउँछ र पुरै शरीरलाई असर गर्छ । फोहोर एवं दुषित पानीको सेवन वा नुहाएपछि, खाना बनाएपछि, फल एवं सब्जी धोएपछि साथै टाइफाइटग्रस्त व्यक्तिसँगको संगतले अर्को व्यक्तिमा यो रोग सर्ने गर्दछ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...