बेनीमा नेपाल छन्त्याल संघको सातौ महाधिवेशन शुरु

Gandaki Pardesh notice

बेनी। नेपाल छन्त्याल संघको सातौ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखी म्याग्दीको बेनीमा शुरु भएको छ । संघको नयाँ नेतृत्व चयनका लागि दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गर्नुभयो ।

मन्त्री खाँडले छन्त्याल संस्कृति, संस्कार, भाषा, भेषभुषाको जगेर्ना, अधिकार संरक्षण, खानी उत्खनन्का क्रममा आदीवासी जनजातीको छन्त्याल समुदायमा पर्ने असर न्युनीकरणका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

खानी उत्खनन् गरेर नेपालको अर्थतन्त्रमा छन्त्याल समुदायले पु¥याएको योगदानको चर्चा गर्दै मन्त्री खाँडले बन्द भएका खानीलाई व्यवस्थित र व्यवसायिक हिसाबले उत्खनन् गरी रोजगारी सिर्जना र आयात घटाउनेतर्पm सरकारले जोड दिने बताउनुभयो ।

Shreekrishna hardwear in news

गृहमन्त्री खाँडले आसन्न स्थानीय तह चुनावमा सक्रीयताका साथ भाग लिने आग्रह गर्दै सुरक्षित र मयरहित तरिकाले चुनाव हुनेमा विश्वास गर्न तथा मतदाताको विवेकको प्रयोग गर्न पाउने अधिकार सुरक्षित गरिने बताउनुभयो ।

नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष ग्यालजेन लामाले अल्पसंख्यक छन्त्याल समुदायको भाषा, संस्कार र संस्कृतिको गजेर्ना गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्ने छन्त्याल समुदायका अगुवाहरुले आदीवासी जनजातीहरुको संवैधानिक अधिकारको कार्यान्वयनमा जोड दिएका थिए ।

Bhautik ministry notice about road

महाधिवेशनमा नेपालका विभिन्न ११ जिल्लाबाट ३५० जना भन्दा बढी छन्त्याल समुदायका प्रतिनिधीहरुको सहभागिता रहेको संघका अध्यक्ष मनमोहन छन्त्यालले बताउनुभयो । महाधिवेशन उद्घाटन अघि बेनीमा छन्त्याल समुदायको पहिचान झल्कने भेषभुषा र झाँकी सहितको ¥यालीको आयोजना गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट शुरु भएको ¥याली बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारिक सभामा परिणत भएको थियो । संघको कार्यकाल आगामी तीन वर्षको हुनेछ् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...