कइनेखानीमा सडक उद्घाटन

Sinchai Khanipani notice

धनिलाल गर्बुजा
कुइनेखानी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक बुधबार उद्घाटन गरिएको छ ।

गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गर्बुजाले जिल्लाका दुर्गम क्षेत्रमा सडक सञ्जाल, विद्युतिकरण सहितका अति आवश्यक पूर्वाधारका लागि निरन्तर बजेटको माग गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

‘कुईनेमा जोडिएको सडकले धेरै सुविधा थपिएको छ,‘अन्य समस्याहरुका बारेमा समेत सम्बन्धित निकायमा पुग्नेछु’ सभापति गर्बुजाले भन्नुभयो ‘रघुगंगा र घवलागिरी गाउँपालिका जोड्ने सडक सञ्जाल समेत प्राथमिकतामा राखेका छौ ।’

Bhautik ministry notice about road

गाउँपालिका अध्यक्ष भण्डारीले सडकलाई स्तरोन्नति गरी बाहै्र महिना सञ्चालन गर्न मिल्ने बनाउने बताउनुभयो । ‘हिमपात र बर्खाको समयमा हुने समस्या समाधानका लागि प्रतिबद्ध छौ,’ उहाँले भन्नुभयो ‘गाउँलेको चाहना र पालिकाको सपना पुरा भएको छ ।’

सडक सञ्जाल जोडिएपछि गाउँमा उत्पादन हुने कृषिजन्य बस्तुको बजारीकरणमा समेत सहज भएको बताउनुभयो । उहाँले आगामी बर्ष गाउँसम्म केन्द्रिय विद्युतीकरण समेत गरिने बताउनुभयो । रघुगंगाकी उपाध्यक्ष कमला तिलिजा, वडा अध्यक्ष गमान छन्त्याल, नेपाली कांग्रेसका उपसभापति केबी भण्डारी, प्रदेश क सभापति ओम छन्त्याल, तरुण दलका अध्यक्ष मुकुन छन्त्याल, समाजसेवी भरत छन्त्याल, चित्रमान छन्त्याल लगायतले मन्तब्य राख्नुभएको थियो ।

रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने १२ किलोमिटरको सडक निर्माण भएको हो । ठाडाखानी–भेडिखाल्टा–कुईने सडकखण्ड अन्तरगत थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिले सडक विस्तारमा चालु आवमा ९१ लाख १२ हजार ३०९ कुल लागतमा गण्डकी प्रदेश सरकारको समपुरक बजेटबाट ५० लाख, गाउँपालिका ३३ लाख ५० हजार रहेको समितिका अध्यक्ष च बहादुर छन्त्यालले बताउनुभयो । ‘सडकमा स्थानीय र सहयोगदाताको योगदान अतुलनीय रहेको छ,’ उहाँले भन्नुभयो ‘हामीलाई अव सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न सहज भएको छ ।’
सोही अवसरमा सडक विस्तारमा १२ लाख ६० हजार सहयोग गर्ने गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र ४ लाख ५० हजार, चित्रमान छन्त्याल ३ लाख ५० हजार सहयोग गर्ने थमबहादुर छन्त्याललाई सम्मानपत्र प्रदान गरी सम्मान गरियो । सडक निर्माण भएपछि स्थानीयलाई आवतजावतका साथै,कृषि उपज लगायतका उत्पादन निर्यात तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा सहजका साथै बिरामीलाई उपचारमा निकै राहत मिलेको स्थानीयको भनाई छ ।

बाटो निर्माण समिति अध्यक्ष छन्त्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रम खिममाया छन्त्यालले स्वागत र पूर्ण छन्त्यालले सञ्चालन गर्नुभएको थियो । सडक गाउँमा पुगेको खुसीयालीमा स्थानीयबासीले नाचगान समेत गरेका थिए । सडक सञ्जालमा जोडिएसँगै कुइनेका बासिन्दालाई १ दिन लाग्ने सडक पाँच घण्टामा छोट्टिएको छ । सदरमुकाम बेनीबाट कुइनेसम्मको सडकको दूरी ४२ किलोमिटर रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...