म्याग्दीमा करिब २९ हजार जनालाई टाइफाइड विरुद्धको खोप लगाइदै

Add Samajik bikash office

बेनी, । म्याग्दीमा करिब २९ हजार जनालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले शुक्रबारदेखि शुरु हुने टाइफाइड विरुद्धको खोप अभियानको सबै तयारी भएको जनाएको छ । म्याग्दीमा १५ महिना देखि १५ वर्ष उमेर समुहका २८ हजार ७१८ जनालाई टाइफाइड रोग विरुद्धको खोप लगाउन लागिएको कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

“धवलागिरी, मालिका र मंगला गाउँपालिकामा पुगिसकेको खोप बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा बिहिबार साँझसम्म पुगिसक्छ,” उहाँले भन्नुभयो “देशभर बैशाख १९ गतेसम्म अभियान सञ्चालन गर्ने योजना भएपनि म्याग्दीमा बैशाख २ गतेभित्रै सक्ने कार्यतालिका बनाएका छौ ।”

Shreekrishna hardwear in news

२३० वटा विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना गरिएको छ । विद्यालयमा खोप लगाउन छुटेकालाई स्वास्थ्य संस्थामा लगाइनेछ । २३० जना स्वास्थ्यकर्मी, ४६० स्वमसेवक र ५७ जना सुपरीवेक्षक परिचालन गरिने स्वास्थ्य कार्यालय म्याग्दीका पव्लिक हेल्थ नर्स दुर्गा शर्माले बताउनुभयो ।

Bhautik ministry notice about road

“अधिकांशलाई विद्यालयमै खोप लगाउने योजना छ,” उहाँले भन्नुभयो “विद्यालय नआउने बालबालिका खोपबाट बञ्चित हुने अवस्था आउन नदिन सचेत छौ ।” खोप अभियानमा परिचालन हुने स्वास्थ्यकर्मी, स्वमसेविका र महिला शिक्षकलाई छ चरणमा तालिम प्रदान गरिएको छ । विद्यालय र समुदाय स्तरमा खोपको बारेमा जानकारी गराउन सन्देशमुलक कार्यक्रम गरिएको छ ।

नेपालमा पहिलो पटक टाइफाइड रोग विरुद्धको खोप लगाउन लागिएको हो । अभियान सकिएपछि नियमित खोपमा टाइफाइडलाई समावेश गर्न लागिएको छ । पानी र खानेकुराबाट टाइफाइड रोगको संक्रमण हुनुमा तेस्रो स्थानमा रहेको छ । नेपालमा हरेक वर्ष चार लाख ५० हजार जनामा टाइफाइड रोगको संक्रमण देखिन्छ ।

टाइफाइडको संक्रमणका कारण अस्पतालमा भर्ना हुने विरामीहरुमध्य चौथो स्थानमा पर्छन् ।
टाइफाइड भएमा पेट तथा टाउको दुख्ने, अचानक ज्वरो आउनु, बान्ता हुनु, अत्याधिक पसिना आउनु र टाउको चिसो महशुष हुने र कब्जियत हुनु र कमजोरी महसुष हुने जस्ता लक्षण देखा पर्ने गर्दछन् ।

टाइफाइड शरीरमा संक्रमणको कारण हुन्छ । यसर बिस्तारै कलेजोमा नोक्सान पु¥याउँछ र पुरै शरीरलाई असर गर्छ । फोहोर एवं दुषित पानीको सेवन वा नुहाएपछि, खाना बनाएपछि, फल एवं सब्जी धोएपछि साथै टाइफाइटग्रस्त व्यक्तिसँगको संगतले अर्को व्यक्तिमा यो रोग सर्ने गर्दछ ।
यसैगरी बिहिबार म्याग्दीमा विश्व स्वास्थ्य दिवस मनाइएको छ । दिवसको अवसरमा स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर र न्युनीकरणका उपाय सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...