बेनी–६ मा माओवादीबाट नगेन्द्र केसी वडा अध्यक्षका उमेद्वार

Sinchai Khanipani notice

बेनी । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रले नगेन्द्र केसीलाई बेनी नगरपालिका–६ को वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ ।

Bhautik ministry notice about road

बुधवार बसेको वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा केसीलाई वडा अध्यक्षमा उठाउने निर्णय गरेको हो । वाईसीएल नेपालको केन्द्रिय सदस्य तथा म्याग्दी इन्चार्ज समेत रहनुभएका केसी नेकपा (माओवादी केन्द्र)को जिल्ला समन्वय समिति सदस्य समेत हुनुहुन्छ ।
वडा कमिटी अध्यक्ष यादब सुवेदीको अध्यक्षतामा बसेको बैठकले वडा अध्यक्ष पदको उम्मेदवार सर्वसम्मत रुपमा टुंगो लगाएको र अन्य पदहरुमा भने थप छलफल गरि टुंगो लगाउने निर्णय भएको नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिनुभयो ।

माओवादीको यस अघि बेनपा–१ मा निशान थापा, ३ मा पदम पुन, ४ मा भगवान खड्का, ८ मा किसान विश्वकर्मा, मालिका गाउँपालिका–१ मा तिलक पुन, ३ मा मोतिप्रसाद बुढा, धवलागिरी गाउँपालिका–६ मराङमा चक्र पुन, रघुगंगा गाउँपालिका– २ भगवतीमा नरबहादुर भण्डारी, मालिका गाउँपालिका–४ मा रेशम पुन, मालिका–७ बिममा रुविन जुग्जाली, धवलागिरी–७ ताकममा अशोक खत्रीलाई र अन्नपुर्ण गाउँपालिका– २ मा ओमप्रसाद फगामीलाई लाई अध्यक्ष पदको उम्मेदवार टुंगो लगाइसकेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...