रेलेखोलामा बन्यो झोलुङ्गे पुल

Gandaki Pardesh notice

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित रेलेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले उपभोक्ता समिति मार्फत ५७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । कुल रु. ३७ लाख ३६ हजार ९३२ लागत अनुमान गरिएको पुलबाट २२६ घरधुरीका एक हजार ५०६ जनसंख्या लाभान्वित भएका गाउँपालिकाका इञ्जिनियर इश्वरबहादुर भण्डारीले जानकारी दिनुभयो ।

“वि.स. २०७६ मा निर्माण सम्झौता भएको पुल कोरोना महामारी, निषेधाज्ञा र प्राकृतिक विपद्का कारण यसपाली सकिएको हो,” उहाँले भन्नुभयो “अनुगमन समितिले स्थलगत अनुगमन र प्राबिधिक नापजाँच गरिएको छ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पुल बनेपछि जोखिम मोलेर खोला तर्नुपर्ने अथवा घुमाउरो बाटो हिड्नुपर्ने समस्या हटेको छ । आवत जावत सुरक्षित र सहज बनेको स्थानीयवासीले बताएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर, कार्यपालिकाको भौतिक पूर्वाधार समितिका संयोजक कृष्णप्रसाद बरुवाल, योजना शाखा प्रमुख हरिकृष्ण आचार्य र इञ्जिनियर भण्डारीको टोलीले बुधबार पुलको स्थलगत अनुगमन गर्नुभएको थियो ।

स्टिल डेग, लठ्ठा, बुल्डअप ग्रिप गाउँपालिकाले खरिद गरेर उपलब्ध गराएको हो । उपभोक्ताले मजदुर परिचालन गरेर निर्माण र जडानको काम गरेका हुन् । झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम (स्वाप) अन्तरगत यो पुल निर्माणको सामाजिक परिचालन गर्ने जिम्मेवारी मिलन म्याग्दीले पाएको थियो ।

रेलेखोलासँगै शुरु भएको अन्नपूर्ण गाउँपालिका– १ दोवाको धिमालेखोला स्थित झोलुङ्गे पुल निर्माण कार्य पनि सकिएको छ । ६० मिटर लामो यो पुलबाट दोवाका २५० घरधुरी लाभान्वित भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...