बेनीका ६ वडामा बाख्रा ब्लक

Gandaki Ghumau

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेर बाख्राको व्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रम शुरु भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले बेनी नगरपालिकाको १ देखि ६ नम्बर वडामा बाख्रा ब्लक शुरु गरेको हो ।

केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजालले व्यावसायिक बाख्रापालन विस्तार, मासुको उत्पादन बृद्धी, गुणस्तर सुधार र बजारीकरणमा सघाउने उद्देश्यले ब्लक कार्यक्रम सुरु भएको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“छनौट भएका वडाका कृषकहरुलाई समेटेर जिल्ला व्यवसायिक बाख्रापालक संघसँग सम्झौता गरी कार्यान्वयन थालिएको छ,” उहाँले भन्नुभयो “नयाँ ब्लक कार्यक्रमका लागि चालु आर्थिक बर्षमा रु. ३५ लाख बजेट बिनियोजन भएको छ ।”

छनौट भएका वडाका कृषक समूह, संस्था र सहकारीबाट प्रस्ताव मागिएको थियो । कार्यक्रम मार्फत कृषकहरुलाई बाख्राको खोर निर्माण, मासु पसल सुधार, घाँस काट्ने यन्त्र उपकरण, नश्ल सुधारका लागि बोका र औषधी वितरण गरिने भएको छ । औषधी निशूल्क, निर्माणमा ८५ र उपकरण खरिदमा ५० प्रतिशत अनुदान पाउनेछन् ।

४३ जना कृषकहरु ब्लकमा आवद्ध भएका संघका अध्यक्ष कृष्ण मल्लले बताउनुभयो । “अहिले हामीसँग तीन हजार तीन सय बाख्रा छन्,” उहाँले भन्नुभयो “कार्यक्रम मार्फत बाख्राको संख्या पाँच हजार भन्दा बढी पु¥याउने लक्ष्य छ ।”

म्याग्दीलाई मासुमा आत्मनिर्भर बनाउने र नश्ल सुधारका लागि आवश्यक उन्नत जातका बोका उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष मल्लले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत वि.स. २०७६ देखि म्याग्दीमा बंगुर जोन कार्यक्रम सञ्चालन भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...