रघुगंगा– १ मा फगामी र ८ मा छन्त्याललाई काँग्रेसले दोहो¥याएर उमेद्वार बनाउने

Gandaki Pardesh notice

बेनी, २२ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ र वडा नं. १ मा अहिलेका वडा अध्यक्ष नै दोहोरिएर उमेद्वार बन्नुहुने भएको छ ।

वडा न. ८ कुइनेमंगलेमा नेपाली काँग्रेसबाट वर्तमान वडा अध्यक्ष गमान छन्त्याललाई नै वडा अध्यक्ष पदको उम्मेदवार चयन गरिएको छ । वडा समितिको बैठकबाट सर्वसम्मत रुपमा वडा अध्यक्ष सहित पाँचै जना उम्मेदवारको नाम टुंगो लगाईएको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसबाट वडा अध्यक्षमा उम्मेदवार बनेर निर्वाचित हुनुभएका छन्त्याललाई नै पुनः वडा अध्यक्षमा दोहो¥याउने निर्णय भएको छ । कुइनेमंगले वडामा काँग्रेसबाट वडा अध्यक्ष पदमा पुनः प्रत्यासी बन्नुभएका छन्त्याल काँग्रेसको वडा सभापति समेत हुनुहुन्छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

काँग्रेसबाट खुला सदस्यमा चबहादुर छन्त्याल र अइमान छन्त्याललाई उम्मेदवार बनाइएको छ भने महिला सदस्यमा प्रिति गर्वुजा र दलित महिला सदस्यमा यमकुमारी घर्तिलाई पुनः दोहो¥याएर उम्मेदवार बनाइएको छ ।

त्यस्तै पालिकाको वडा नं.१ बेगमा नेपाली काँग्रेसबाट वर्तमान वडा अध्यक्ष बिलबहादुर फगामीलाई नै वडा अध्यक्ष पदको उम्मेदवार चयन गरिएको छ । वडा समितिको बैठकबाट सर्वसम्मत रुपमा वडा अध्यक्ष सहित पाँचैजना उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसबाट वडा अध्यक्षमा उम्मेदवार बनेर निर्वाचित हुनुभएका फगामीलाई नै पुनः वडा अध्यक्षमा दोहो¥याउने निर्णय भएको जनाइएको छ । काँग्रेसबाट बेगमा वडा सदस्यमा खुलातर्फ बलमान गौचन, भक्त बहादुर शेरपुञ्जा, महिला सदस्यमा सेमिता पुन र दलित महिला सदस्यमा सुनिता विकलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय भएको जनाइएको छ ।

वडा अध्यक्ष पदमा पुनः उम्मेदवार बन्नुभएका फगामी नेपाली काँग्रेस म्याग्दीको जिल्ला कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...