काँग्रेसले बेनपा ३ मा रोका र ४ मा बानियालाई वडा अध्यक्षको उमेद्वार बनाउने

Add Samajik bikash office

बेनी, । नेपाली काँग्रेसले अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बेनी नगरपालिकाको वडा नम्बर ३ भकिम्ली र ४ सिंगाका वडा अध्यक्षका उमेद्वारको टुङ्गो लगाएको छ ।

भकिम्लीमा होमबहादुर रोका र सिंगामा सुमन बानियालाई वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो । रोका तरुण दलका वडा अध्यक्ष र बानिया काँग्रेसको वडा इकाई सभापति हुनुहुन्छ ।

भकिम्लीमा मंगलबार आयोजित भेलाबाट तरुण दल भकिम्लीका अध्यक्ष समेत रहनुभएका रोकालाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि मनकुमारी विकले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

रोकालाई वडा अध्यक्षको उम्मेदवार बनाइएपनि अन्य सदस्यहरुका बारेमा अर्को बैठकमा छलफल हुने जनाइएको छ । वडाभित्र सबै सर्वसम्मत उम्मेवदार बन्ने वडा कमिटीले जनाएको छ ।


सिंगामा भएको भेलाबाट वडा समितिका सभापति समेत रहनुभएका बानियाँलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेसले जनाएको छ । अगामी वैशाख ३० गते हुने निर्वाचनमा सर्वसम्मत वडा अध्यक्षको उम्मेदरबार बानियाँ बालमन्दिर आधरभुत बिध्यालय अध्यक्ष,तरुणदल म्याग्दीको सचीव म्याग्दी जेसीजको कोषाध्यक्ष समेत हुनुहुन्छ ।


सामाजिक र राजनीतिक गतिविधिमा केन्द्रित बानियाँले वडाको विकास निर्माण सहित मतदातालाई पाँचबर्षसम्म काम गरेर देखाउन निर्वाचनमा होमिएको बताउनुभयो । म्याग्दीमा माओवादी र नेपाली कांग्रेस सहितको सत्ता गठबन्धको चर्चा मै समिति भएको छ । दुबै पक्षले धमाधम उम्मेदवारी घोषणा गर्न थालेपछि आफ्नै तयारीमा जुटेका छन् ।


भकिम्लीमा माओवादी केन्द्रबाट पदम पुन र नेकपा एमालेबाट गेमबहादुर घर्तीमगरले यसअगाडी नै उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । यता सत्ता गठबन्धन बिचको तालमेलको चर्चा जारी रहेको बेलामा कांग्रेस, माओवादी, एकिकृत समाजवादीले समेत आफ्नो उम्मेदवारको सूची बनाउन थालेका छन् । जिल्लामा पहिलो चरणमा प्रारम्भीक छलफल भएपनि गठबन्धनको ठोस नतिजा आउन सकेको छैन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...