गलेश्वरमा १३ दिनमै करिब पाँच लाख भेटि संकलन

Add Samajik bikash office

बेनी। बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा १३ दिनमै करिव पाँच लाख रुपैयाँ भेटि संकलन भएको छ ।

चैत ९ देखि २२ गतेसम्म गलेश्वरमा भक्तजनले रु. चार लाख ९२ हजार ४०५ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषको सचिवालय परिसरमा मंगलबार सरोकारवालाको उपस्थितिमा पाँच घण्टा लगाएर भेटी गनिएको कोषाध्यक्ष कुमारी रोकाले बताउनुभयो ।

Bhautik ministry notice about road

मुक्तिनाथ र मुस्ताङ जाने आउनेसँगै गलेश्वरमा पनि भक्तजनको चहलपहल बढेको छ । गलेश्वरमा भक्तजनले चढाउने भेटि गनेर सार्वजनिक गरिदै आएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमा फैलिएको गलेश्वरमा महाशिवरात्री, बालाचर्तुदर्शी र साउन महिनाको सोमबारका दिन बिशेष मेला लाग्ने गर्छ ।

Shreekrishna hardwear in news

गलेश्वरधामलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथको प्रवेशद्धारका रुपमा चिनिन्छ । द्धापरयुगमा सतिदेबी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पुजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकामना पुरा हुने विश्वास छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...