बुलमा बस पुग्दा खुसीयाली

Gandaki Pardesh notice

बेनी, २१ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–६ बुल जोड्ने सडकको सोमबार उद्घाटन गरिएको छ ।

सडक उद्घाटनका क्रममा बुलमा पुगेको बस, चालक श्रीप्रसाद पुन, सडक निर्माणमा प्रयोग भएको सगरमाथा विल्डर्सका डोजर चालक पुस्कर खड्कालाई अविर, फुल र माला लगाएर स्वागत गरेका थिए । नाचगान गरेर खुसीयाली मनाएका छन् ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले सडकको उद्घाटन गर्दै बुलमा सडक र विद्युत पु¥याउने प्रतिवद्धता पुरा भएकोमा खुसी व्यक्त गर्नुभयो । यसअघि गाउँपालिकाले बिनियोजन गरेको रु. २६ लाख बजेटबाट बुलमा मल्कवाङको नन्दीवाङखोला लघुजलविद्युत परियोजनाबाट विद्युत विस्तार भएको र केन्द्रिय लाइन विस्तारको तयारी भएको बताउनुभयो ।

Shreekrishna hardwear in news

वडा अध्यक्ष राजाराम सुवेदीले चालु आर्थिक वर्षमा गाउँपालिकाले बिनियोजन गरेको रु. १२ लाख पचास हजार र प्रदेश सांसद नरदेवी पुनको सिफारिसमा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको रु. दश लाख बजेटबाट बुलमा सडक पु¥याइएको बताउनुभयो ।

६ देखि ७ मिटर फराकिलो सडकको मार्ग निर्माणको काम चैत पहिलो हप्ता सकिएको थियो । “वि.स. २०७४ अघि यस वडाको कुनै पनि बस्तीमा सडक यातायातको सुबिधा थिएन,” वडा अध्यक्ष सुवेदीले भन्नुभयो “बुलसँगै साविक मराङ गाविसको ९ वटै वडा सडक सञ्जालमा जोडिएका छन् ।”

Bhautik ministry notice about road

बुल सडक निर्माण समितिका अध्यक्ष नरबहादुर जुग्जालीले सडक निर्माण भएपछि बुल र मलम्पारका २०० घरधुरी लाभान्वित भएका बताउनुभयो । “बेशीबाट पैदल हिडेर बुल पुग्न दुई घण्टा ३० मिनेट उकालो हिड्नुपर्दथ्यो । जेष्ठ नागरिकलाई पुरै दिन लाग्दथ्यो,” उहाँले भन्नुभयो “सडक आएपछि यात्रा अवधि तीस मिनेटमा छोटिएको छ ।”

स्थानीयवासीलाई आवत जावत, बिरामीलाई समयमै अस्पताल पु¥याउन, कृषि तथा पशुजन्य बस्तु निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न सहज भएको जुग्जालीले बताउनुभयो । सडक सुविधासँगै बसाइसराई रोकिने र गाउँ छाडेर गएकाहरु जन्मथलो फर्कने विश्वास गरिएको छ । ७० घर भएको बुलका ४० घरमा मात्र हाल बसोबास छ ।

यस वर्ष गाउँपालिकाको बजेटले १ हजार चार सय मिटर र प्रदेश सरकारको बजेटले १ हजार ७० मिटर सडकको मार्ग खोल्ने लागत अनुमान भएपनि करिब तीन किलोमिटर मार्ग खोलिएको गाउँपालिकाका प्राबिधिक जनक धानुकले बताउनुभयो । उहाँका अनुसार बेशी देखि बुलसम्म सडकको दुरि करिब १२ किलोमिटर छ ।

यो सडक निर्माणमा उपभोक्ता समिति बाहेक सरकारको मात्र रु. एक करोड पाँच लाख खर्च भएको वडा कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा बेशी देखि मराङ स्वास्थ्य चौकीको भवन सम्म गाउँपालिकाको रु. ३८ लाखमा तीन किलोमिटर मार्ग खोलिएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा स्वास्थ्य चौकीको भवन देखि राम्चे सम्म गाउँपालिकाको रु. २५ लाख र प्रदेश सरकारको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको रु. १५ लाख बजेटबाट मार्ग खोलिएको थियो ।

आर्थिक वर्ष २०७७÷०७८ मा राम्चे देखि घामताप्नासम्म गाउँपालिकाको रु. दश लाख र संघीय सांसद भुपेन्द्र थापाको निर्वाचन क्षेत्र पुर्वाधार साझेदारी कार्यक्रमको रु. १७ लाख बजेटबाट मार्ग खोलिएको थियो ।

उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद जुग्जालीको अध्यक्षता, स्थानीय इश्वर सुवेदीको सञ्चालन र बागेश्वरी आधारभूत विद्यालयका प्रअ थमप्रकाश सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रममा एमालेका वडा कमिटि अध्यक्ष ज्ञानबहादुर गर्बुजाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...