वडा स्तरीय योजनाबाट बेनीको सडक कालोपत्रे हुदै

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाको भूगोलमा पर्ने सडक कालोपत्रे शुरु भएको छ ।

बेनी नगरपालिकाले बजार भित्र खाल्डाखुल्डी परेको सडक मर्मत र यसअघि गरिएको कालोपत्रे उप्किएको ठाउँमा ओभरले गर्न थालिएको हो । कालोपत्रे गर्न रामकृष्ण कन्ट्रक्सनले गत पुषमा रु. २४ लाख ७७ हजार ९६८ मा ठेक्का सम्झौता गरेको थियो ।

पाँच हजार पाँच सय वर्गमिटर कालोपत्रे गर्न कुल रु. ३५ लाख ८२ हजार २७८ लागत अनुमान गरिएको थियो । नगरपालिकाले ७ र ८ नम्बर वडाको वडा स्तरीय योजना अन्तरगत कालोपत्रे गर्न लागिएको जनाएको छ ।

Shreekrishna hardwear in news

सडक मर्मत भएपछि दुर्घटनाको जोखिम घट्ने, धुलो र हिलो नहुने र आवत जावत सहज हुने अपेक्षा गरिएको छ । प्रिमिक्स प्रबिधिको कालोपत्रे गरिने नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताउनुभयो ।

Bhautik ministry notice about road

बेनी–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जिल्ला प्रहरी कार्यालय अगाडी देखि बालमन्दिरचोक हुदै नेपाल बैंक चोक र बालमन्दिरचोक देखि सामुदायिक चोकतर्फ ओभरले कालोपत्रे गरिने बताउनुभयो ।

वडा नम्बर ७ बाट रु. २१ लाख बिनियोजन भएको थियो । वडा नम्बर ८ले रु. १६ लाख बिनियोजन गरेको थियो । दुई वटै वडाले बिनियोजन गरेको बजेटबाट संयुक्त ठेक्का आव्हान गरेर कार्यान्वयन गरिएको हो ।

यसअघि गत वर्ष वडा नम्बर ७ को संगमचोक क्षेत्रमा कालोपत्रे गरिएको गरिएको थियो । वडा नम्बर ८ को न्युरोड स्थित सिमानादेखि घतान चोक भन्दा उपल्लो चोकसम्म कालोपत्र हुन लागेको छ । यसैगरी लिटिल गार्डेन एकेडेमी देखि शिखर होटलसम्म पनि टालटुल र ओभरले गरिने भएको छ ।

प्रिमिक्स प्रबिधिको कालोपत्रेको आयु पाँच वर्षको हुन्छ । प्रिमिक्स कालोपत्र गरिएको ठाउँमा हरेक पाँच पाँच बर्षमा कालोपत्र गरिन्छ । अवधी पुगेपछि पिच उप्किने र खाल्डाखुल्डी पर्ने समस्या हुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...