एक महिने अभियानको समिक्षामा म्याग्दी काँग्रेस

Gandaki Pardesh notice

बेनी,। नेपाली काँग्रेस म्याग्दीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सञ्चालन गरेको जनतासँग नेपाली काँग्रेस अभियानको समिक्षा थालेको छ ।

‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ जागरण अभियानको उपलब्धी, पार्टी, अन्यपार्टीको अवस्था, सम्भावित उमेद्वार र परिणामको विश्लेषण गर्दै चुनावी रणनीति बनाउन सोमबार बसेको जिल्ला कार्यसमिति बैठकमा समिक्षा भएको हो ।

नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (के.वी.)ले अभियानका टोली संयोजकहरुले प्रतिवेदन प्रस्तुत गरेका र सो प्रतिवेदनको आधारमा चुनाव सम्बन्धी निर्णय लिइने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“आजको बैठकमा छ वटै पालिकामा खटिनुभएका टोली संयोजकहरुले रिपोर्ट पेश गर्नुभएको छ,” उहाँले भन्नुभयो “टोलीबाट आएको रिपोर्टको थप अध्ययन र विश्षेषण गरेर चुनावी रणनीति बनाउछौ ।”

पुर्व राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काको नेतृत्वमा वडा र टोल स्तरमा पुगेर काँग्रेस नेता कार्यकर्ताहरुले भेटघाट, समस्या र आवश्यकता पहिचान देखि सम्भावित उमेद्वार, आफ्नो र अन्य पार्टीको अवस्था अध्ययन गरेका छन् ।

केन्द्रिय स्तरमा सत्ता साझेदार राजनीतिक दलहरुबीच स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएपनि म्याग्दीमा उनिहरुबीच औपचारिक रुपमा छलफल भएको छैन् । धेरैजसो जिल्लामा पाँचदलीय संयन्त्र बनेपनि म्याग्दीमा काँग्रेस, माओवादी, एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका जिल्ला स्तरका नेताहरुबीच छलफल भएको छैन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...