स्थानीय जातका कुखुरा वितरण

Gandaki Pardesh notice

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले पोषण सुधारका लागि स्थानीय जातका कुखुराको चल्ला वितरण थालेको छ ।

नगरपालिकाको पशु सेवा शाखाले विपन्न समुदायमा पारिवारिक पोषणको अवस्था सुधारका लागि कुखुराको चल्ला वितरण गर्न थालेको हो । शाखाका प्राविधिक प्रदिप गौतमले छ वटा वडाका ९० घरधुरीलाई दश÷दश वटाका दरले ९०० चल्ला वितरण गरिने बताउनुभयो ।

Bhautik ministry notice about road

१, ४, ५, ७, ९ र १० नम्बर वडामा घाँटीखुइले, साकिनी र प्वाँखखुइले जातका कुखुराका ३२ दिन पुरा भएका चल्ला वितरण गरिने उहाँले बताउनुभयो । सोमबार बेनी नगरपालिका–१ रत्नेचौर र वडा नम्बर ७ मा चल्ला वितरण गरिएको छ ।

Shreekrishna hardwear in news

रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावल, बेनी ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, पशु सेवा शाखाका प्रमुख जनाश्रित श्रेष्ठ, प्राविधिक गौतमको टोलीले चल्लाका साथै औषधी वितरण गर्नुभएको थियो । बाँकी चार वटा वडामा पनि चल्ला वितरण गरिने पशु सेवा शाखाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...