दिदीबहिनीले अति विपन्न १० परिवारको स्वास्थ्य बिमा गरिदियो

Gandaki Kotihome

बेनी, । दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बेनी नगरपालिकाका अति विपन्न १० परिवारको स्वास्थ्य बिमा गरेको छ ।

६५ औ सहकारी दिवसको अवसरमा आइतबार विमा सुविधा पाएकाहरुलाई मुठ्ठिदान अभियान मार्फत स्वास्थ्य बिमा गरिदिएको हो ।

युएनडिपीको आर्थिक सहयोगमा संगम म्याग्दीद्वारा सञ्चालित प्रयास परियोजनामार्फत बेनी नगरपालिकाका अति विपन्न १० जना महिलाहरुलाई स्वास्थ्य बिमा वापतको रकम सहयोग गरिएको दिदीबहिनी सहकारीले जनाएको छ ।

Upper Myagdi transmition line notice

स्वास्थ्य बिमावापतको रकम पाउनेहरुमा बेनी नगरपालिकाभित्रका विपन्न महिलाहरु उमादेवी किसान, माया सार्की, सुन्तली दमाई, शान्ति किसान, सुनमाया किसान, सुकमाया किसान, विस सार्की, अस्मिता पुन, बालकुमारी कामी र तिलकुमारी कार्की रहेका छन् ।

उनीहरुलाई स्वास्थ्य उपचारमा सघाउनका लागि बिमावापत प्रतिव्यक्ति तीनहजार पाँचसय रुपैयाँका दरले ३५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको सहकारीका अध्यक्ष ज्योती लामिछाने पौडेलले बताउनुभयो ।

Annapurna aarohan ko notice

एक वर्षका लागि स्वास्थ्य बिमावापतको उक्त रकम सहकारीका अध्यक्ष लामिछाने र जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले प्रयास परियोजनाको सामाजिक परिचालक बुद्धिमाया विकलाई हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा बेनपा–१, रत्नेचौर निवासी क्यान्सरपीडित सेती विक र बेनपा–९, घतान निवासी गौमती विकलाई पनि उपचारका लागि जनही पाँचहजार पाँचसय ५५ रुपैयाँको दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष लामिछानेले बताउनुभयो ।

सहकारीमा आबद्ध दिदीबहिनीहरुको सहयोगमा स्थापित मुठ्ठीदान अभियानबाट सङ्कलन गरिएको रकमले सानो भए पनि महिलाहरुलाई उपचारमा राहत मिलोस् भन्ने उद्देश्यसहित आर्थिक सहयोग हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

सहकारीका उपाध्यक्ष विष्णु गौतम सापकोटा, सचिव सुगम श्रेष्ठ, कोषाध्यक्ष जगतकुमारी बानियाँ खत्रीसहित सञ्चालक समितिका पदाधिकारी र कर्मचारीको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।

बेनीमा सञ्चालित दिदीबहिनी सहकारीले सामाजिक कार्यका रुपमा मुठ्ठीदान अभियानलाई निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...