नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघमा नयाँ नेतृत्व

Gandaki Ghumau

बेनी । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ म्याग्दीको आइतबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट नारायण शर्माको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन भएको छ ।

कमिटीको उपाध्यक्षमा सुरेन्द्रराज शर्मा, कोषानन्द आचार्य, सचिवमा राजु बानियाँ, कोषाध्यक्षमा मञ्जु बानियाँ, सहकोषाध्यक्षमा तिलक पुन, उपसचिवमा श्रीमाया बिश्वकर्मा, यामबहादुर बानियाँ र होम बहादुर थापा चयन हुनुभएको छ ।

Gunasthariya Shiksya

अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज भूपेन्द्र बहादुर थापाले समृद्ध नेपाल र शुखि नेपालीको सपनालाई साकार पार्नका लागि व्यवसायीहरुको महत्वपूर्ण भूमिका आवश्यक पर्ने बताउनुभयो ।

Shreekrishna

नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, महासंघका केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज कुविरकुमार श्रेष्ठ, केन्द्रिय सदस्य दिलकुमार श्रेष्ठ, नेकपा एमाले प्रदेश कमिटी सदस्य खुमबहादुर बानियाँ, जिल्ला कमिटी उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरज केसी, उपसचिव राजकुमार थापा, जिल्ला कमिटी सदस्य एवम् उद्योग व्यवसाय महासंघ फाँट प्रमुख बेलबहादुर कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...