म्याग्दीमा सहकारी दिवस मनाइयो

Gandaki Pardesh notice

बेनी, । म्याग्दीमा आइतबार विभिन्न कार्यक्रम गरेर ६५ औ राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।

यस वर्षको सहकारी दिवसको मुल नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने रहेको थियो । जिल्ला सहकारी संघको आयोजनामा बेनीमा र स्थानीय तहहरुको केन्द्रमा गाउँपालिका तथा त्यहाँका सहकारी संस्थाहरुले विभिन्न कार्यक्रम गरेर दिवस मनाएका हुन् ।
बेनीमा सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरुको सहभागितामा ¥याली तथा जिल्ला समन्वय समितिको सभाहलमा समारोहको आयोजना गरिएको थियो । सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले सहकारीले नेपालीलाई बचत गर्ने बानीको विकास गरेको बताउनुभयो ।

उहाँले सहकारीको लगानी उत्पादन र उद्यमशिलता क्षेत्रमा गर्न सहकारी संचालनलाई आग्रह गर्नुभएको थियो । सहकारीले उद्यमशिलतामा लगानी बढाएर देशमा आयातलाई घटाउने र निर्यातलाई बढाउनमा सहयोग पुग्ने किसिमले पुँजीलाई परिचालन गर्न सहकारी संचालन र कर्मचारीलाई ध्यानाकर्षण गराउनुभयो ।

Shreekrishna hardwear in news

सहकारी कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो । जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षता र स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव ज्योती लामिछानेले गर्नुभएको थियो ।

संघीयता कार्यान्वयनसँगै सहकारीको अधिकार स्थानीय तहसम्म पुगेपछि सहकारी क्षेत्रले फस्टाउने अवसर पाएको सचिव लामिछानेले बताउनुभयो । बेनीका सहकारी संस्थाहरुले ब्यानरसहित बजार परिक्रमा गरेका थिए । यसैगरी रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा पनि ¥याली र समारोहको आयोजना गरेर सहकारी दिवस मनाइएको छ ।

Bhautik ministry notice about road

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, सहकारी संस्थाका सञ्चालक, प्रतिनिधी र कर्मचारीहरुको उपस्थितिमा दिवस मनाइएको थियो ।

यस्तै बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाले पनि नयाँ सेयर सदस्यहरुलाई स्वागत, चियापान र भेटघाट कार्यक्रम गरेर सहकारी दिवस मनाएको छ । सञ्चालक समितिका अध्यक्ष रमेश गिरी, उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, सचिव माधवप्रसाद रेग्मी, कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, पुर्व अध्यक्ष शिवकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीका शेयर सदस्यहरुलाई शनिबार सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सहकारी सम्बन्धी नीति नियम, सेवा सुविधा र योजनाका विषयमा जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभएको थियो ।

५० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रम संस्थाका अध्यक्ष लीलाराम गौतमको अध्यक्षता, उपाध्यक्ष डण्डपाणी सापकोटाको स्वागत र सचिव चिरञ्जिवी बोगटीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...