जलजलामा टाइफाइड विरुद्धको खोप अभियानको योजना तर्जुमा

Gandaki Ghumau

साजन परियार
बेनी, । जलजला गाउँपालिका स्तरीय टाइफाइट रोग विरुद्धको खोप अभियानको योजना तर्जुमा गोष्ठि शुक्रबार सम्पन्न भएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा यही चैत २५ देखि २०७९ बैशाख १८ गतेसम्म सञ्चालन हुने अभियान प्रभावकारी र सफल बनाउन गोष्ठिको आयोजना गरिएको हो । जनप्रतिनिधी, स्वास्थ्यकर्मी र विद्यालयका प्रअहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

Gunasthariya Shiksya

९ वटै वडामा सञ्चालन हुने अभियानबाट १५ महिना देखि १५ वर्ष मुनीको उमेर समूहका बालबालिका र किशोर किशोरीहरुलाई टाइफाइड विरुद्धको खोप लगाइने गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक राजु बोहोराले बताउनुभयो ।

Shreekrishna

विद्यालय, स्वास्थ्य चौकी र टोल स्तरमा खोप केन्द्र बनाइएको उहाँले बताउनुभयो । खोप लगाएपछी सामन्य लक्षणहरु खोप लगायको भागमा रातो हुने, सुन्निने, दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने लगायत को लक्षण देखिएपनि आत्तिनु नपर्ने स्वास्थ्य शाखा संयोजक बोहोराले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...