शिवाङमा माओवादीको चुनाव परिचालन कमिटी

Gandaki Pardesh notice

बेनी, १८ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा शुक्रबार नेकपा माओवादीको टोल स्तरीय चुनाव परिचालन कमिटी गठन भएको छ ।

साविक ताकम गाविसको वडा नम्बर ८ मा पर्ने शिवाङमा मिमबहादुर रानामगर संयोजक र गंगबहादुर टोमटा सहसंयोजक रहेको ३५ जनाको निर्वाचन परिचालन समिति गठन भएको छ । बलबहादुर विकको संयोजकत्वमा ११ सदस्यीय वाइसीएलको चुनाव परिचालन समिती गठन भएको छ ।

Bhautik ministry notice about road

माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य किरण थापा र वडा कमिटी अध्यक्ष तथा स्थानीय तह चुनावका लागि वडा अध्यक्षका उमेद्वार अशोक खत्रीको उपस्थितिमा समिति बनाइएको हो ।

Shreekrishna hardwear in news

समाजको आवश्यकता र ताकमको विकास तथा सामाजिक रुपान्तरणको अभियानलाई गति दिन माओवादी केन्द्रबाट वडा अध्यक्षको उमेद्वार बनेको खत्रीले बताउनुभयो । माओवादीले साविक ताकम गाविसका विभिन्न वडामा टोल स्तरीय चुनाव परिचालन समिति निर्माणलाई तिब्रता दिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...