भकिम्लीमा आँखा शिविर

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा बिहिबार आँखा उपचार शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्र ज्योती संघ म्याग्दीले आयोजना गरेको शिविरबाट २०० जनाको आँखा परिक्षण गरिएको छ । संघका अध्यक्ष अमर बानियाले ४ जना मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएका बताउनुभयो ।

Bhautik ministry notice about road

१०० जनालाई निशूल्क चश्मा र १४५ जनालाई औषधी वितरण गरिएको थियो । भकिम्लीका वडा अध्यक्ष पदम पुनले शिविरको उद्घाटन गर्नुभएको थियो । नेत्रज्योती संघका प्राविधिक दिनेश बानिया सहितको स्वास्थ्यकर्मी टोलीले सेवा दिनुभएको थियो ।

Shreekrishna hardwear in news

संघका सचिव राजेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा शिविर सञ्चालन भएको थियो । शिविर सञ्चालन गर्न बेनी नगरपालिका र हाल अमेरिकामा रहनुभएका दल र पुष्पा श्रेष्ठले सहयोग गर्नुभएको छ । शुक्रबार घतान र शनिबार पात्लेखेतमा आयोजना गरिने शिविरमा पहिचान हुने मोतियाबिन्दुका बिरामीको लागि बेनीमा शल्यक्रिया शिविर गर्ने संघले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...