च्याउ खेती तालिम शुरु

Gandaki Pardesh notice

बेनी,। बेनीमा बिहिबारदेखि च्याउ खेती सम्बन्धी तालिम शुरु भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने तालिममा जिल्लाका छ वटै स्थानीय तहका २५ जना कृषकहरुको सहभागिता छ ।

तालिममा च्याउ खेती सम्बन्धी शैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गरिने केन्द्रका कृषि प्राविधिक श्यामशरण कुर्मीले बताउनुभयो । च्याउ खेतीतर्फ आकर्षण, उत्पादन बढाउने र गुणस्तर सुधार गरेर कृषकको आयआर्जन सुधारमा सघाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

Bhautik ministry notice about road

पहिलो दिन सैद्धान्तिक विषयमा सहजिकरण गरिएको तालिमको दोस्रो र तेस्रो दिन मंगला गाउँपालिका–३ भरजुला स्थित योगेन्द्र जुग्जालीको फार्ममा व्यवहारिक कक्षा सञ्चालन गरिने भएको छ ।

Shreekrishna hardwear in news

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देल, कृषि प्रसार अधिकृत गोविन्द पाण्डे, बाली संरक्षण अधिकृत निर्मला कटुवाल लगायतले तालिमको सहजिकरण गर्नुहुने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...