माओवादीले बिममा रुबिन जुग्जालीलाई वडा अध्यक्षको उमेद्वार बनाउने

Gandaki Pardesh notice

बेनी,। नेकपा माओवादी कन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका ७ को वडा अध्यक्षमा रुविन जुग्जालीलाई उमेद्वार बनाउने भएको छ ।

वडा कमिटीको बिहिबार बसेको बैठकले सर्वसम्मत रुपमा जुग्जालीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । माओवादीको वडा कमिटि सदस्य रहेका जुग्जाली बिम तल्लो गाउँको हिराजित स्मृति युवा क्लवका पुर्व सचिव हुनुहुन्छ ।

३१ वर्षीय जुग्जालीले केही वर्षअघि स्थानीय निजी विद्यालयमा अध्यापन गर्नुभएको थियो । उहाँले विभिन्न उपभोक्ता समितिमा रहेर विकास आयोजनामा काम गरेको अनुभव छ । माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, गाउँपालिका अध्यक्ष दोरण शेरचन लगायतको उपस्थितिमा बसेको बैठकले जुग्जालीलाई वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

वडा कमिटी अध्यक्ष होमबहादुर जुग्जालीले सबै भूगोललाई समेटेर वडा सदस्यका उमेद्वार तय गर्ने बताउनुभयो । बिम एमालेका गण्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्मा र माओवादीका जिल्ला संयोजक जुग्जालीको गृह वडा हो ।

गत २०७४ को स्थानीय तह चुनावमा बिममा स्वतन्त्र उमेद्वार बन्नुभएका जुग्जालीको प्यानलनै बिजयी भएका थिए । जुग्जाली पछिल्लो समय माओवादी केन्द्रको राजनीतिमा सक्रीय हुनुहुन्छ ।

माओवादी केन्द्रले धवलागिरी गाउँपालिका– ६ मराङमा चक्र पुन, रघुगंगा गाउँपालिका– २ भगवतीमा नरबहादुर भण्डारी, मालिका गाउँपालिका–१ निस्कोटमा तिलक पुन, मालिका गाउँपालिका–४ मा रेशम पुन, धवलागिरी–७ ताकममा अशोक खत्रीलाई अध्यक्ष पदको उम्मेदवार टुंगो लगाइसकेको छ ।

बेनी नगरपालिका– ३ भकिम्लीमा हालका वडा अध्यक्ष पदम पुन र अन्नपुर्ण गाउँपालिका– २ का वडा अध्यक्ष ओमप्रसाद फगामीलाई पुनः वडा अध्यक्ष पदको उम्मेदवारमा दोहोराउने निर्णय गरेको छ ।

विस २०७४ सालको स्थानीय तहको चुनावमा आफूले जितेका ७ वटा वडालाई बचाउदै थप वडा र पालिका जित्ने लक्ष्य सहित चुनावी अभियान संग संगै उम्मेदवार छनौटलाई समेत तिब्र पारिएको माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज गोविन्द पौडेलले जानकारी दिनुभयो । जिल्ला संयोजक रेशम जुग्जाली मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुट्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...